नेपालगन्जमा कस्तो छ ‘रोयल ईनफिल्ड’को बजार ?


नेपालगन्ज :  सस्तो वा महङ्गो मुल्य भन्ने कुराले सौखिनहरुलाई मोटरसाईकल चढ्न छेक्दैन । त्यस्ता व्यक्तिहरु आफ्नो सौख पुरा गर्न मोटरसाईकललको जतिसुकै मुल्य तिर्न पनि तयार हुन्छ । उनीहरुले रोज्ने धेरै मोटरसाईकल मध्ये एक नाम हो, बिश्वबिख्यात ब्राण्ड रोयल
इनफिल्ड ।

बिबेक अटोमोवाईलका क्षेत्रीय प्रबन्धक सुनिल भट्ट ।

रोयल इनफिल्डको नेपालगन्ज लगायत पश्चिम नेपालमा समेत राम्रै बजार छ ।  सौख पुरा गर्न मात्र नभई आवश्यकताको बिषय भएकाले पनि रोयल इनफिल्ड धेरै जनाले रुचाएको बताउँछन्, रोयल इनिफिल्डको नेपालगन्जस्थित बिक्रेता बिबेक अटोमोवाईलका क्षेत्रीय प्रबन्धक सुनिल भट्ट । उनी भन्छन्,–‘रोयल इनफिल्ड सौखका लागि मात्र नभई आवश्यकताको बिषय पनि बनेको छ ।’


अन्य मोटरसाईकल भन्दा फरक क्षमता र गुणस्तरको भएकाले धेरैले रोयल इनफिल्ड रोज्ने गरेको उनले बताए । नेपालगन्जमा ३५० सिसि र ५ सिसिको रोयल इनफिल्ड मोटरसाईकल बिक्री भइरहेका छन् । यस्ता मोटरसाईकल खासगरी युवा पुस्ताले अधिक रुचाएको भट्टले बताए । नेपालगन्ज जस्ता शहरी क्षेत्र मात्र नभई पहाडी जिल्लाहरुमा पनि बिक्री भइरहेको छ । मोटरसाईकल बिक्री मात्र नभई सर्भिसको सुविधा पनि राम्रै रहेको भट्टले जानकारी दिए ।

प्रकाशित मितिः     १४ माघ २०७५, सोमबार ११:३१  |