भार्गव विकास बैंकबाटै इसेवाको पैसा जम्मा गर्न सकिने


नेपालगन्ज : इसेवाका लागि अब भार्गव विकास बैंककै काउण्टरबाट डिपोजिट गर्न सकिने भएको छ । भार्गव विकास बैंकका हरेक शाखा मार्फत काउण्टर डिपोजिट सुविधाबाट इसेवा अकाउण्टमा पैसा जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यसरी पैसा जम्मा गरी सेवाग्राहीले मोवाईल रिचार्ज,बस, प्लेनको टिकट, बिजुली, पानी,इन्टरनेट,टिभी लगायत १५ सय बढि सेवाको बिल भुक्तानी गर्न सक्ने छन् ।


प्रकाशित मितिः     १४ माघ २०७५, सोमबार ११:५७  |