काठमाडौं। डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकका लागि सस्तो स्किम ल्याएको छ। कम्पनीले ग्राहकको वर्गीकरण गर्दै नयाँ प्याकेज घोषणा गरेको हो।
बाबाआमा, गृहिणी र वच्चाहरुका लागि बेसिक प्याकेज ल्याएको छ। यसको मासिक शुल्क २५० रुपैयाँ पर्ने छ। खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजक पनि ल्याएको छ। यसको शुल्क ३ सय रुपैयाँ पर्ने छ। सम्पुर्ण एसडी र एचडी च्यानलहरु भएको सुपर एचडि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमियम एचडि प्याकेज ४०० रुपैयाँ प्रति महिनामा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
माघ १० गतेवाट नयाँ एक्टिभेसनमा यो योजना लागु हुने छ। यसअघिका पुराना ग्राहकले वार्षिक रिचार्ज गराएमा मात्र यो सुविधा पाउने छन्। डिशहोम १६ लाखभन्दा वढी परिवारहरुले प्रयोग गरिरहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। यसमा रमाईलो टिभि, एक्सन स्पोर्टस्, प्लस मुभिजस्ता आफ्नै च्यानलहरु पनि उपलब्ध छन्।