(अर्काइभबाट)
यहाँहरु सबैलाई विदितै छ भन्सार भनेको अन्तर्राष्ट्रिय जगतबाट आफ्नो देशमा प्रवेश गर्ने मानिस र मालबस्तुहरुको नियमन गर्ने कानुनी अधिकार प्राप्त सरकारी निकाय हो । बैधानिक व्यपारको सहजिकरण, राष्ट्रिय स्वार्थको संरक्षण, आन्तरिक व्यापार व्यवसायको संरक्षण, राष्ट्रिय तथा सामाजिक सुरक्षा, वातावरणको संरक्षण, राजस्व संकलन, राजस्व चुहाट नियन्त्र लगायतका धेरै उद्देश्यहरुबाट भन्सार प्रसाशन संचालीत भएको हुन्छ । यसका उद्देश्यहरुबाटै भन्सार प्रसाशनका समस्या र चुनौतीहरु कति धेरै होलान भन्ने आँकलन गर्न सकिन्छ ।
संसारमा सर्वप्रथम भन्सारको शुरुवात एबmिथचब हालको क्थचष्ब बाट भएको मानिन्छ भने पहिलो लिखित भन्सार महशुल दर पनि सोहि देशबाट शुरु भएको मानिन्छ । उक्त समयमा परिमाणगत आधारमा भन्सार महशुल लागाउने गरिन्थ्यो । एउटा उटले बोकेको नुनमा दश दिनारी र गधाले बोकेकोमा तीन दिनारी लिइन्थ्यो । सन १९५३ जनवरी २६ का दिन त्जभ ऋगकतयmक ऋय(यउभचबतष्यल ऋयगलअष् ि९ऋऋऋ० को स्थापना गर्ने संमmौतामा ब्रसेल्समा हस्तक्षर गरिएको दिनलाई विश्व भन्सार दिवसको रुपमा मनाउँदै आईएको छ । सन १९९४ मा उक्त घऋ लाई विश्व भन्सार संगठनमा परिणत गरिए पछि हाल विश्वका १८२ भन्दा वढी देशहरु यसका सदस्य रहेका छन भने यसले विश्वको ९८ प्रतिशत अन्तराष्ट्रिय व्यापारलाई समेटेको विश्वास गरिन्छ ।
भन्सार प्रशासनको विश्वव्यापि इतिहासलाई हेर्दा परापूर्वकाल देखि नै यो अस्तित्वमा थियो भन्न सकिन्छ । परापूर्वकालमा मानिसहरुमा इमान्दारिता, नैतिकता र अनुशासन थियो भने पाप र धर्मको आधारमा समाज संचालित थियो जसले गर्दा राजस्व मार्न हुँदैन राजस्व लाग्दछ भन्ने मनोविज्ञान थियो । त्यस समयमा मालबस्तुको सिमा वारी र पारी गर्दा स्वच्छाले भन्सार राजस्व तिर्ने प्रचलन थियो, भन्सार महशुलको कुनै दर रेट नै थिएन । जव समाज र मानिसको मानसिकता परिवर्तन हुँदै गयो तव सरकारले ठेक्कामा लगाउने, कर्मचारीहरुबाट निर्धारण गर्ने हुँदै हाल स्वयं घोषणा प्रणालीमा आधरित भन्सार महशुल निर्धारण पद्धतीको विकास गरिएको छ भने तपाईले आफ्नै घरमा बसेर अनलाईन मार्फत घोषणा गर्नसक्ने अबस्थाको सृजना भएको र तपाई नै पहिलो भन्सार अधिकृत भएको व्यहोरा निवेदन गर्न चाहन्छु । नेपालको भन्सार प्रशासनको इतीहासलाई नियाल्दा लिच्छवीकालमा नै नेपालको व्यापार भारत र तत्कालीन तिव्वतमा फैलिएको थियो भने भन्सार कार्यालयहरु सिमानामा नभएर देश भित्र रहेको व्यहोरा बजार अड्डा त्रिपुरेश्वरमा रहेबाट प्रष्ट हुन्छ । जव सन १९५० मा भारतसँग व्यापारिक सन्धी भयो तव नेपालका भन्सार कार्यालयहरु सिमानामा स्थापना भएको देखिन्छ ।
सन १९५६ मा बजार अड्डाबाट भन्सार अफिसमा परीणत भएको नेपालको भन्सार प्रशासनले आफुलाई परिमार्जित र विकास गर्दै हाल आधुनिक भन्सार महशुल निर्धारण प्रणाली आसिक्यूडा प्रणालीको अवलम्वन गरेको छ । हाल नेपालमा ३६ वटा मूल भन्सार र १३४ छोटी भन्सार रहेका छन भने लगभग १५०० भन्दा वढी कर्मचारीहरु कार्यरत रहेका छन र सोभन्दा बढी सुरक्षाकर्मीहरु रहेका छन । कूल राजस्वको लागभग ५० प्रतिशत राजस्व भन्सार प्रशासनले असुल उपर गर्नेगरेको छ । यस नेपालगंज भन्सार कार्यालयले विभिन्न समस्याहरुका बाबाजुद पनि यस बर्ष तोकिएको अर्धबार्षिक लक्ष्य रु. ५,६७,१८,५२ हजार रहेकोमा ६,२०,५८,३१ हजार संकलन हुनगइ लक्ष्यको तुलनामा लगभग १०९ प्रतिशत प्रगति हासिल गर्नुका साथै गतबर्षको सोही अबधिको संकलीत राजस्व रु.४,२१,४७,७४ हजारको तुलनामा करीब २ अर्ब बढी राजस्व संकलन गरि गतबर्षको सोही अबधिको तुलनामा करिब १५० प्रतिशत राजस्व संकलन गर्न सफल भएको व्यहोरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छु । जुन सफता यहाँहरु सबैको सक्रिय सहभागिताबाट प्राप्त भएको निवेदन गर्दै यस कार्यमा सहयोगि भूमिका निर्वाह गर्ने व्यवसायी, भन्सार एजेन्ट तथा प्रतिनिधिहरु, सुरक्षा निकायका कर्मठ सुरक्षाकर्मी साथिहरु, ध्बतअज मयन को भुमिका निर्वाह गर्नुहुने पत्रकार तथा संचारजगतका सम्पूर्ण साथीहरु, अन्य प्रत्यक्ष वा अप्रत्यक्षरुप भूमिका निर्वाह गरि राजस्व चुहावट नियन्त्रमा सहभागि व्यक्ति तथा निकायहरुमा म आभार प्रकट गर्दै यस क्षेत्रमा संलग्न सबैको मूलभूत लक्ष्य तथा उद्देश्य कानुनको परिपालना मार्फत बैधानिक व्यापारको प्रबद्र्धन गर्ने र राजस्व असुली अभिबृद्धि गर्ने नै हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । सबैको प्रयास, सहयोग र सहभागिताबाट मात्र बैधानिक व्यापारको प्रबद्र्धन र राजस्व बृद्धीको लक्ष्य हाँसील गर्न सकिन्छ अन्यथा सम्भव नहुने व्यहोरा समेत निवेदन गर्न चाहन्छु ।
भन्सार विभागको ट्रष्टेड ट्रेडर्सको रुपमा इमान्दार व्यवसाहीहरुलाई विशेष सहुलियत दिने, सहजिकरण गर्ने, ग्रिन च्यानल मार्फत व्यवसायी स्वयंलाई जिम्मेबार बनाउने नीति समेत रहेको निवेदन गर्दै यस भन्सारले पनि सोही अनुरुप सेवा प्रबाहलाई चुस्त बनाउने प्रयास गरिरहेको समेत निवेदन गर्न चाहन्छु । व्यवसायी र भन्सार प्रशासनको वीचमा विवाद हुने विषय नै घोषणाको हो । यदी यहाँहरुले सही वा ठीक घोषणा गर्नू भएमा कुनै पनि विवाद तथा समस्याको सृजना नै हुँदैन त्यसैले घोषणा ठीक गर्ने बानि बसाली ट्रष्टेड ट्रेडर्सको उपाधि प्राप्त गर्ने र सहजिकरणको सुविधा उपभोग गर्न याँहाँ व्यवसायीहरु सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु ।
विश्वव्यापीरुपमा नै भन्सार प्रशासनले धेरै जटील समस्या र चुनौतिहरुको सामना गरिरहेको परिप्रेक्षमा नेपालको खुला सिमाना, गरिवी, मानवीय चेतनाको कमि, राजस्व छलीलाई बाहादुरी ठान्ने मनोविज्ञान, राज्य प्रर्तिको दायीत्व र कर्तव्यको बोध न्यूनहुनु, स्वस्थ्य व्यवसाहीक बाताबरणको कमी, आदि कारणले गर्दा नेपालको भन्सार प्रशासनले अन्य मुलुकको भन्दा वढी थप समस्या र चुनौतीहरुको सामना गर्नुपरेको छ । भौतिक पूर्वाधारको कमीका कारण नेपालगंज भन्सार कार्यालयले अन्य भन्सार कार्यालय भन्दा अझ बढी समस्याहरुको सामना गर्नुपरेको छ । अन्य भन्सारका समस्या र चुनौतिका अलवा यस भन्सार कार्यालयको भौतिक पूर्वाधार कमजोर रहेको, नागरिकहरुले भन्सार प्रशासनलाई आफ्नो रक्षक वा सहयोगिको रुपमा आत्पसाथ गर्न नसकेको, भन्सारलाई व्यवस्थित गर्न प्रयास गर्दा समेत विभिन्न प्रकारका अबरोधहरु सृजना हुने गरेको महशुस भएको छ तर निकट भविश्यमा नै यसमा सुधार हुने अपेक्षा गरिएको छ । यो भन्सार कार्यालयलाई व्यवस्थित र मर्यादित बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरौं यो तपाईहरुकै सम्पत्ती हो । तपाईकै विदेशी मित्रहरु यही भन्सारको बाटो भएर आउने हुनाले तपाईको इज्जत पनि यसमा गाँसिएको छ त्यसैले यसलाई बढी बैज्ञानिक र व्यवस्थित गर्न सवैले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरौं । तपाई हामी मिलेर काम गर्ने हो भने जस्तोसुकै समस्याको पनि समाधान गर्न सकिन्छ र्हदयदेखि नै तत्तपर हुन जरुरी छ । म यसक्षेत्रका नागरिक, बुद्धीजिवी, व्यवसाही सबै मित्रहरुलाई यो भनसारको सुधारको अनुरोध र अपिल गर्न चाहन्छु र यहाँहरुबाट सुधारका लागि धेरै भन्दा धेरै सहयोग, सहभागिता र सहकार्यको पूर्ण विश्वस लिएको छु ।
यस भन्सारको कार्यक्षेत्रका नागरिक तथा व्यवसाहीहरुलाई मेरो अपिल :
– राज्यप्रतिको आफ्नो दायीत्व र जिम्मेवारीको बोध गरौं अव पनि हामीमा राज्य प्रतिको जिम्मेवारी बोध भएन भने तपाई हाम्रा सन्ततीले धेरै दुखपाउने छन् । आज पनि तपाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा गएर हेर्नु भयो भने दिनमा दर्जन भन्दा बढी लास आउँछन भने मानसिक रोगि र अंगभंग भएका नेपालीहरुको संख्या अझ धेरै हुन्छन भने एड्स जस्ता प्राणघातक रोग बोकेर आउनेको संख्या अझ धेरै छ ।
– चोरिनिकासी र पैठारी जस्ता जघन्य अपराध नगरौं तपालाई आबश्क पर्ने शिक्षा, स्वस्थ्य, आवास, बाटो, विजुली, शान्तिसुरक्षा लगायतका आधारभुत आवश्यकताको परीपूर्ति तपाईले तिरेको राजस्वबाट नै हुन्छ । त्यसैले स्वस्फर्त स्वयं कर तथा महशुल तिर्ने बानि बसालौं ।
– चोरिनिकासी पैठारी जस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई सजायको भागिदार बनाउँन सूचना दिने बानि बसालौ भन्सार ऐनमा त्यस्तो सूचना दिने व्यक्तिलाई उक्त मालबस्तुबाट असुल भएको राजस्वको दश प्रतिशत कमिसन वा पुरस्कार दिने व्यवस्था समेत गरेको छ । तपाईको नाम तथा सूचना अति गोप्य राखिने छन । भन्सार प्रमुखको मोवाईल नम्बर ९८५८०२९४४४ मा खबर गर्नुहुन अनुरोध छ ।
– कानुनको परिपालना गरि बैधानिक व्यापार व्यवसाय गरौं त्यस्तो बैधानिक व्यापारलाई हर तरहको सहयोग गर्न भन्सार प्रशासन तयार छ । बैधानिक व्यापारलाई सहजिकरण गर्ने विश्वव्यपी नीति रहनाका साथै नेपाल सरकार लगायत राजस्व प्रशासनको नीति पनि सोही रहेको छ ।
– भन्सारमा मालबस्तुको निकासी पैठारी गर्दा सहि घोषणा गरौं कानुनले तपाई व्यवसाहीहरुलाई नै पहिलो भन्सार अधिकृत तोकेको हुँदा आफ्नो कानुनी जिम्मेवारी इमान्दारीका साथ पुरा गरौ ।
– जस्तो सूकै समस्याको समन्वयात्मकरुपमा आपसि छलफलबाट समाधान गरौं ।
अन्त्यमा भन्सार भनेको विश्वले हाम्रो देश, समाज, सभ्यता र विकासको बारेमा धारणा बनाउने पहिलो विन्दु हो । त्यसैले भन्सार सबै भन्दा चुस्त, दुरुस्त, प्रभाकारी र भौतिकरुपमा समेत आकर्षक हुनु पर्दछ । यो भन्सार तपाई यस क्षेत्रका बासिन्दा कै हो त्यसैले यसको भौतिक पूर्वाधार देखि कानुनको परिपालना सम्मको कार्यान्वयन गराउने कार्य पनि याँहाहरु कै भएको हुँदा यस भन्सारलाई चुस्त, दुरुस्त, मर्यादित, व्यवस्थित र प्रभाकारी बनाउने जिम्मेबारी पनि तपाईहरु कै काँधमा रहेको छ यस कार्यकालागि जुनसुकै प्रकारको सहयोग गर्न यो भन्सार तयार छ । चोरी निकासी पैठारीको कार्यलाई अन्त्य गर्न याँहाहरुको सहयोग वीना सम्भब नभएको हुँदा कृपया सक्रियरुपमा सहकार्यको लागि पून ः अनुरोध गर्दछु ।
धन्यवाद, नमस्कार ।
(भन्सार दिवस २०७५ को उलक्ष्यमा नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत निरौलाले दिनुभएको मन्तव्यको सम्पादित अशं)