नेपालगन्ज रंगशालामा लाग्यो उत्कृष्ट बर्मुडा दुबो, दाङ्गमा व्यवसायीक खेती पनि शुरु


बाँके : आठौं राष्ट्रिय खेदकुद प्रतियोगिताका लागी नेपालगन्ज रंगशालामा बिशेष प्रकारको दुबो लगाउन सुरु गरिएको छ । देशभरका रंगशाला मध्ये पहिलो पटक नेपालगन्जमा बिहिवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले बरमुडा दुबो लगाएर औपचारिक उद्घाटन गरे । उक्त घाँसको नाम हो, बर्मुडा ।


व्यवसायीहरुले भारतबाट नेपालगन्ज रंगशालाका लागि भित्रा्एको उक्त दुबोको व्यवसायीक खेती समेत सुरु गरेका छन् । उक्त दुबो लगाउने काम गरिरहेको काठमाण्डौंस्थित गौतम नर्सरीका रबिन गौतमले दाङ्ग बेलझुण्डीमा तीन बिघाह जमिनमा बरमुडा घाँसको खेती सुरु गरेका
हुन । अब नेपालगन्जमा समेत खेती गर्न लागेको उनले बताए ।



प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीका अनुसार नेपालगन्ज रंगशालामा उत्कृष्ट प्रकारको बर्मुडा घाँस लगाउन सुरु गरिएको छ । बिशेष प्रकारको आर्कषक दुबो अन्र्तराष्ट्रिय ठुला रंगशालामा प्रयोग गरेको पाईन्छ । खेल पत्रकार टिएस ठकुरीका अनुसार यस्तो दुबो नेपालका ठुला रंगशालामा समेत अन्यत्र प्रयोग भएको पाईदैन ।
नेपालगन्ज रंगशालामा ३६ लाख बराबरको यस्तो दुबो प्रयोग हुनेछ । कलकत्ताबाट ल्याईएको दुबो प्लाष्टिकले छोपिएको हुन्छ भने त्यसलाई नर्सरी स्वयंले फिल्डमा
लगाईदिन्छन् । एक बर्गफिटको चालिस रुपैयासम्म पर्छ । भारतबाट नेपाल ल्याउँदा ढुवानी खर्च धेरै लाग्ने भएकाले यही खेती सुरु गर्न लागिएको उक्त घाँसको निर्यातकर्ता गौतम नर्सरीका रविन गौतमले जानकारी दिए ।

प्रकाशित मितिः     १७ माघ २०७५, बिहीबार १४:११  |
error: Content is protected !!