प्रदेश विकास परिषद : बाँकेबाट मेयर राणा, संघका अध्यक्ष बैश्य र सामाजशास्त्री डा आचार्य मनोनित


नेपालगन्ज :  प्रदेश नं ५ मा गठन भएको प्रदेश बिकास परिषद सदस्यको नाम सार्वजनिक भएको छ । प्रदेश मन्त्रि परिषदको वैठकले मुख्यमन्त्रि शंकर पोखरेलको संयोजकत्वमा बिकास परिषद गठन गर्ने निणर्य गरेको थियो ।
प्रदेश मन्त्रीपरिषद बैठकले बाँकेबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा स्थानीय तहबाट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य संस्थागत तर्फ र सामाजशास्त्री डा जनार्दन आचार्य सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्रि संयोजक रहने उक्त परिषदमा समाजमा विशिष्ट योगदान पुराएको व्यक्तिहरुलाई सदस्यमा प्रदेश सरकारले मनोनित गर्ने प्रावधान थियो । पदेन सदस्य सहित परिषद सदस्यको संख्या ६० भन्दा वढि हुने छ । प्रदेश सरकारका मन्त्रिहरु, प्रदेश सरकारको मुखय सचिव, मन्त्रालयका सचिवहरु, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु पदेश सदस्य रहन्छन् । सोही अनुदान मनोनित गरिएको हो ।

 

प्रकाशित मितिः     १७ माघ २०७५, बिहीबार १५:५१  |