कलवाईपासमा भारतीय नागरिकलाई सघाउने बाँके बैजनाथका सिंह पक्राउ


नेपालगन्ज : अवैधरुपमा नेपालगन्जमा बसेर भिओआईपी सन्चालन गरेको आरोपमा पक्राउ परेका भारतिय नागरिक ओरुप चटर्जिले नेपालीसंग मिलेर गरेको तथ्य खुलेको छ । बाँके बैजनाथ गाउँपालिका गाभर बस्ने कालीबहादुर सिंहले चटर्जिलाई सघाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । चटर्जिलाई सघाउने सिंहलाई बिहिवार दश हजार नगद सहित पक्राउ गरेको छ । यो घटनाले नेपालीसंग मिलेर बिदेशी नागरिकले नेपालगन्जबाट अवैध कलवाईपास सन्चालन गर्ने गरेको पाईएको प्रहरीले जानकारी दिएको छ ।


५ नं. प्रदेश प्रहरी अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले आईतबारर जमुनाह नाकामा चेकजाँच गर्ने क्रममा नेपाल बाट भारत तर्फ जाँदै गरेका चटर्जिलाई पक्राउ गरेको थियो । उनले बोकेको झोला भित्र रहेको कल वाईपास गर्ने प्रयोग हुने ज्ए ल्यापटप थान १, राउटर थान १, ल्यापटप चार्जर १, कनेक्टर १, मल्टीप्लक १, वाईफाई तार १, एनसेल सिम ३, सिम राख्ने खाली कभर ३, काटेको सिम ७, सुपर नेट लेखेको १७ थान, एनसेलको रु ५०० को रिचार्ज कार्ड १०, ९८४०६७२८२८ नं. सिम सहितको इएएइ मोवाईल जस्ता कलवाईपासमा प्रयोग हुने साधान बरामद गरेको थियो ।

प्रकाशित मितिः     १७ माघ २०७५, बिहीबार २०:२३  |
error: Content is protected !!