युवा स्वरोजगारको रकम दुरुपयोग गर्ने राँझाको सहकारीका पदाधिकारीलाई कारवाही


बाँके : युवा स्वरोजगार कार्यक्रमबाट सहुलियत ऋण लिएर नतिर्ने नेपालगन्ज, राँझाको कर्णाली कृषी सहकारी संस्थाका पदाधिकारीलाई कारवाही गरिएको छ । उक्त सहकारीका केही पदाधिकारीको जग्गा रोक्का गरिएको छ भने कालोसुचिमा राखेर जग्गा लिलाम गर्ने प्रक्रिया सुरु गरिएको युवा स्वरोजगार कार्यक्रम बाँकेका सदस्य सचिव नितेशराज शर्माले जानकारी दिए । शर्माका अनुसार उक्त सहकारीलाई २०७० सालमै ५० लाख ऋणका लागि निवेदन दिएको थियो । प्रथम र दोस्रो चरणमा गरी सहकारीले ३० लाख सहुलियत ऋण प्राप्त गरेको थियो । समयसीमा सकिएको महिनौ भइसक्दा समेत उक्त सहकारीले बुझाउनुपर्ने २० लाख रुपैया हालसम्म नदिएको शर्माले बताए । पटक पटक ताकेता गरेपछि मात्र रु दश लाख भने बुझाईसकेको छ ।


शर्माका अनुसार सहुलियत ऋण लिएपछि उक्त सहकारीका पदाधिकारीहरुले युवामा लगानी नगरी आफ्ै सिध्याएका थिए । अहिले उक्त सहकारी बन्द अवस्थामा छ भने पदाधिकारीहरु सम्पर्कमा छैनन् । अध्यक्ष भने सम्पर्कमा रहेको शर्माले बताए । जायजेथा केही नभएका ऋण तिर्न नसकिएको जबाफ अध्यक्षले दिने गरेको शर्माको भनाई छ ।
पटक पटक ताकेता गर्दा पनि बाँकी रकम बुझाउन नआएपछि युवा स्वरोजगार कार्यक्रम केन्द् मार्फत कालोसुचिमा राखेर रोक्का जग्गा लिलाम गर्ने प्रक्रिया सुरु भएको शर्माले बताए । स्वरोजगार कार्यक्रम अन्र्तगत बाँकेमा २००७० सालबाट २२ करोड बढि लगानी गरिएको छ । ३१ वटा सहकारीले उक्त रकम युवाहरुलाई ऋण दिइरहेका छन् । अन्य सहकारीहरुले नियमितरुपमा रकम बुझाईरहेको शर्माले बताए ।


प्रकाशित मितिः     १८ माघ २०७५, शुक्रबार १८:५३  |
error: Content is protected !!