उद्योग क्षेत्रमा देशभर ८ खर्ब लगानी हुँदा नेपालगन्ज क्षेत्रको अंश ३.२ प्रतिशत मात्र


कमल डाँगी
नेपालगन्ज : बैंक तथा बित्तियक्षत्रेले आर्थिक वर्ष २०७४र०७५मा देशभर ८ खर्ब बढी लगानी गरेका छन् । जसमा कुल औद्योगिक कर्जा लगानीमा नेपालगन्ज क्षेत्रको अंश जम्मा ३ दशमलव २ प्रतिशत रहेको छ ।  नेपाल राष्ट्र बैंकले २०७४ र २०७५ का लागि ५७ जिल्लाहरुको कृषि, उद्योग र सेवाक्षेत्रमा उक्त वर्ष स्थिती र आगामी वर्षको आर्थिक परिदृश्य समेटेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त अध्ययन प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल औद्योगिक कर्जा लगानीमा नेपालगन्ज क्षेत्रको अंशक जम्मा ३ दशमलव २ प्रतिशत रहेको  छ । काठमाडौं क्षेत्रको अंश ५८ दशमलव ९ प्रतिशत, विराटनगर क्षेत्रको अंश १० दशमलव ५ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश १० प्रतिशत, सिद्धार्थनगर क्षेत्रको अंश ७ दशमलव २ प्रतिशत, पोखरा क्षेत्रको अंश ६ दशमलव २ प्रतिशत, धनगढी क्षेत्रको अंश २ दशमलव १ प्रतिशत र जनकपुर क्षेत्रको अंश १ दशमलव ८ प्रतिशत रहेको छ ।
नेपालगन्ज क्षेत्र भन्नाले बाँके, बर्दिया,दाङ्ग,सुर्खेत र सल्यानलाई जनाउँछ । उक्त आर्थिक वर्ष गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा आर्थिक वर्ष २०७३र७४मा २७ दशमलव ४ प्रतिशतले वृद्धि गरी ८ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पु¥याएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा २१ द्यशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा प्रवाहित कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश ३३ दशमलव ७ प्रतिशत रहेको छ ।


समीक्षा वर्षमा उत्पादन सम्बन्धी ९कृषि, वन तथा पेय पदार्थ र गैर खाद्यवस्तु० शीर्षकमा २८ दशमलव ७ प्रतिशतले, निर्माण क्षेत्रमा १९ दशमलव २ प्रतिशतले, पर्यटन उद्योग÷सेवा शीर्षकमा ३५ दशमलव ६ प्रतिशतले, विद्युत, ग्याँस तथा पानी शीर्षकमा ४१ द्यशमलव ४ प्रतिशतले, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक शीर्षकमा २४ प्रतिशतले र खानी सम्बन्धी उद्योगमा ४३ दशमलव ९ प्रतिशतले कर्जा वृद्धि भएको छ । यसरी प्रवाहित कुल औद्योगिक कर्जामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी अर्थात ४६ प्रतिशत कर्जा प्रवाह भएको छ भने सबैभन्दा न्यून अर्थात शुन्य दशमलव ६ प्रतिशत कर्जा खानी सम्बन्धी उद्योगमा प्रवाह भएको छ । त्यसैगरी, निर्माण सम्बन्धी उद्योगमा २९ दशमलव ३ प्रतिशत, पर्यटन उद्योगमा १० दशमलव २ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १० दशमलव १ प्रतिशत एवम् धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ३ दशमलव ८ प्रतिशत कर्जा प्रवाह भएको छ ।
अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौं क्षेत्रमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहने गरेकाले पनि कुल कर्जामा काठमाडौं क्षेत्रको अंश उच्च देखिएको हो ।

प्रकाशित मितिः     १८ माघ २०७५, शुक्रबार १३:४९  |