गत वर्ष बाँकेमा रु ४६ अर्व ३६ करोड कर्जा प्रवाह, निक्षेप ३० अर्व ४६ करोड


कमल डाँगी
नेपालगन्ज :
बैंक तथा बित्तियक्षेत्रले आर्थिक वर्ष २०७४ र २०७५ मा बाँके जिल्लाभर रु ४६ अर्व ३६ करोड ६० लाख कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बाँकेमा हरेक वर्ष कर्जा प्रवाह बढ्दै गएको छ । उद्योग, कृषि, सेवामुलक उद्योग, शिक्षा, स्वास्थ्यक्षेत्रमा बैंक तथा बित्तियक्षेत्रले बाँकेमा सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । उद्योगक्षेत्रमा अझ बढि लगानी भएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभाग,आर्थिक विकास शाखा र नेपालगन्ज लगायत देशभरका क्षेत्रगत कार्यालयले बिस्तृत अध्ययन गरी प्रतिबेदन तयार पारेको हो । उक्त प्रतिवेदनका अनुसार, गत आर्थिक वर्षमा बाँकेका बैंकहरुले रु ३० अर्व ४६ करोड ४० लाख रुपैया निक्षेप संकलन गरेका थिए । यहाँका बैंकहरुले जिल्लामा संकलन भएको भन्दा रु १७ अर्व बढि कर्जा प्रवाह गरेका छन् । बाँकेमा २०७३ को असार मसान्तसम्म रु २० अर्व ६१ करोड ७० लाख निक्षेप संकलन गरेका थिए । २०७४ को असार मसान्तसम्म रु २४ अर्व ३६ करोड निक्षेप संकलन गरेका थिए । त्यसवर्ष भन्दा २०७५ असार मसान्तमा बिगत वर्ष भन्दा २५ प्रतिशतले बढि निक्षेप संकलन भएको देखिएको छ । यस्तै २०७३ असार मसान्तसम्म रु ३१ अर्व ३४ करोड, २०७४ असार मसान्तसम्म रु ३८ अर्व ७६ करोड कर्जा प्रवाह गरेका छन् । २०७५ असारमा त्यसअघिको वर्ष भन्दा झण्डै २० प्रतिशत कर्जा प्रवाह भएको देखिएको छ । बाँकेमा बैंक तथा बित्तियक्षेत्रको प्रधान कार्यालय तथा शाखाको संख्या १ सय ६२ रहेको छ । वाणिज्य बैंकको संख्या ६७, विकास बैंक ३२, बित्त कम्पनी ५ र लद्यु बित्त बैंकको संख्या ५८ वटा रहेको छ । देशभर प्रवाहित कुल औद्योगिक कर्जामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी अर्थात ४६.० प्रतिशत कर्जा प्रवाह भएको छ भने सबैभन्दा न्यून अर्थात ०.६ प्रतिशत कर्जा खानी सम्बन्धी उद्योगमा प्रवाह भएको छ ।

                 त्यसैगरी, निर्माण सम्बन्धी उद्योगमा २९.३ प्रतिशत, पर्यटन उद्योगमा १०.२ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १०.१ प्रतिशत एवम् धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा ३.८ प्रतिशत कर्जा प्रवाह भएको छ । २.२.४ अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको कुल औद्योगिक कर्जा लगानीमा काठमाडौं क्षेत्रको अंश ५८.९ प्रतिशत, विराटनगर क्षेत्रको अंश १०.५ प्रतिशत, वीरगञ्ज क्षेत्रको अंश १०.० प्रतिशत, सिद्धार्थनगर क्षेत्रको अंश ७.२ प्रतिशत, पोखरा क्षेत्रको अंश ६.२ प्रतिशत, नेपालगञ्ज क्षेत्रको अंश ३.२ प्रतिशत, धनगढी क्षेत्रको अंश २.१ प्रतिशत र जनकपुर क्षेत्रको अंश १.८ प्रतिशत रहेको छ । नेपालगन्ज क्षेत्र भन्नाले बाँके, बर्दिया, दाङ्ग, सल्यान, सुर्खेत र जुम्लालाई जनाउछ । अधिकांश बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडौं क्षेत्रमा रहेका र ठूलो कर्जा लगानी सम्बन्धी सम्पूर्ण अख्तियारी प्रायः केन्द्रीय कार्यालयमा रहने गरेकाले पनि कुल कर्जामा काठमाडौं क्षेत्रको अंश उच्च देखिएको हो ।

प्रकाशित मितिः     १९ माघ २०७५, शनिबार ०९:३७  |