सिद्धार्थ बिजनेश ग्रुपले महेन्द्रनगर र बिर्तामोडमा होटल संचालन गर्दै


नेपालगन्ज :  सिद्धार्थ ग्रुपले कन्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा निकट भबिश्यमै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताएका छन् ।
सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २१ बर्ष पुगेको अवसरमा देशैभर रहेका आफ्ना शाखाहरुमा गेष्टहरुलाई केक खुबाएर स्बागत गरेको छ ।  गु्रपका देशैभर रहेका २२ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत बिभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका ब्यक्तिहरुलाई खाद्य सामाग्री बितरण, सरसफाई कार्यक्रम गरेर बार्षिक उत्सब मनाएका छन ।


बार्षिक उत्सबको अबसरमा टीकापुरमा रक्तदान, कैलालीको बौनिया स्थित सहारा गृहमा बस्दै आएका मानसिक लगायत बिभिन्न समस्याका कारण कष्टपुर्ण अबस्थामा रहेका करिब ५० जना ब्यक्तिहरुलाई खाद्य सामाग्री बितरण गरेको छ । सुर्खेतमा सरसफाई गरिएको छ भने काठमान्डौमा अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री बितरण गरिएको छ ।  कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालि ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल , रिसोट, टे«ड, क्याफे , इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २२ वटा शाखाहरु रहेका छन ।

२१ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुले गु्रपले बार्षिक उत्सकका दिन माघ २३ गते सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिएको छन ।  बार्षिक उत्सबकै अबसरमा गु्रपले आफ्ना शाखाहरुबाट थप गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मितिः     २३ माघ २०७५, बुधबार १९:१२  |