सरस्वती पुजामा बिहानैबाट यसरी सजिए विद्यालय र कलेज


पुजाको तयारीमा नेपालगन्जस्थित जिभिएन कलेज ।

नेपालगन्ज :  आज वसन्त पन्चमी । । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पर्व यसवर्ष आईतबार परेको छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ । बिद्यालयमा बिशेष कार्यक्रम गरिन्छ ।

आज बिहानैबाटै सरस्वती मन्दिर अझ बिद्यालय, कलेजहरु ध्वजा, पताकाहरुले सजिएका छन् । पुजाको तयारी भइरहेको छ । जिभिएन कलेजका सिइओ गणेश भण्डारीले सरस्वती पुजामा बिद्यार्थी, अभिावकलाई स्वागत गर्न तयारी पुरा भएको बताए । उनले बिहानैबाट सरस्वती पुजाका लागि जुटेको बताए । बिभिन्न बिद्यालयले सरस्वती पुजाको दिनलाई अक्षारम्भ वा विद्यारमभको अवसर भन्दै बालबालिकालाई भर्नामा छुट दिने गरेका छन् । बालबालिकाको शिक्षाका लागि सरस्वती पुजालाई बिद्यालयहरुले पनि छुट जस्ता अवसरहरु दिने गरेको प्याब्सन बाँकेका उपाध्यक्ष स्वामी डाँगीले जानकारी दिए ।

जिभिएन स्कुलका प्रिन्सिपल एवं प्याब्सन नेपालगन्ज उपमहानगर कमिटिका सचिव मानबहादुर थापाले सरसवती पुजाका अवसरमा प्राय बिद्यालयले निःशुल्क भर्नाको अवसर दिने गरेको बताए । थापा प्रिन्सिपल रहेको जिभिएन स्कुलले आईतबार आउने बालबालिकाको भर्ना शुल्क नलिने भएको छ । अरु बिद्यालयले पनि यस्तो अवसर दिएका छन् ।

प्रकाशित मितिः     २७ माघ २०७५, आईतवार ०७:१२  |