भिजन आँखा अस्पताल सन्चालन, जलबिन्दुको उपचार नेपालगन्जमै हुने


बाँके :  जलबिन्दुको उपचार नेपालगन्जमै हुने भएको छ । आईतबारबाट शुरु भएको भिजन आँखा अस्पतालमा उच्च प्रविधि सहित जलबिन्दुको उपचार हुने भएको हो । बाँके, बर्दिया जस्ता जिल्लामा जलबिन्दुको समयमै उपचार नहुँदा धेरैले ज्योती गुमाउनुपरेको छ ।


लामो समयदेखि आँखा उपचारमा सक्रिय नेपालगन्जकै आँखा रोग बिशेषज्ञ डा. प्रचण्ड गौतमले अस्पताल सुरु गरेका हुन । बरिष्ठ आँखा रोग बिशेष डा बासुदेव अधिकारीले अस्पतालको उद्घाटन गरे । नयाँ अस्पतालले यसक्षेत्रमै नभएका उपकरण समेत जोडिएको छ । कम शुल्कमा भरपर्दो उपचार दिने उदेश्यले अस्पताल सन्चालनमा ल्याईएको डा गौतमले जानकारी दिए ।

डा प्रचण्ड गौतम ।

डा गौतम फेको तथा जलबिन्दु बिशेषज्ञ हुन । कम्प्युटर प्रविधिबाट सुई नलगाएर आँखाको शल्यक्रिया गरिन्छ । बिरामीले उपचारको सम्पूर्ण दृश्य भिडियो मार्फत हेर्न सक्ने छन् । यसबाट बिरामीलाई रोग निको हुने आत्मबल प्राप्त हुने डा गौतमले बताए । अस्पताल नेपालगन्ज शिक्षण अस्पतालको सामुन्ने रहेको छ ।
सेवा शुल्क सस्तो मात्र नभई अस्पताल परिसरमै दान पेटिका राखेर त्यसबाट आउने पैसाले गरिब बिरामीको उपचार पनि गर्ने तयारी अस्पतालले गरेको छ ।

प्रकाशित मितिः     २७ माघ २०७५, आईतवार १५:२८  |
error: Content is protected !!