नेपालगन्ज : नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लाग्नुभएको होटल सोल्टीलाई ग्रिन होटल पनि भनिन्छ । सन्चालनको वर्षदिनमै नेपालगन्जमा अवस्थित होटल सोल्टी वेष्ट एण्ड प्रिमियर पाँच तारे होटलमा स्तरोन्नती भयो । उक्त होटल बाँकेमा संचालनमा रहेकामध्ये यो पहिलो पाँचतारे होटल बनेको छ ।
यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याएकोमा गत ५ अक्टोबरमा दिल्लीमा आयोजित १४औं अन्तर्रा्ष्ट्रिय ट्राभल अवार्ड कार्यक्रममा ’वेष्ट डेब्यु ग्रीन होटल’ को पुरस्कार समेत पाएको थियो । यसलाई ग्रिन होटल पनि भनिन्छ । देशके पहिलो ग्रिन होटलका रुपमा चिनिन्छ ।
वैशाखदेखि चार तारे होटलको रुपमा कोहलपुरमा संचालनमा आएको होटल ’सेन्ट्रल प्लाजा’ ले समेत पाँचतारेको लागि पर्यटन विभागमा आवेदन दिइसकेको छ।
एक वर्षअघि नेपालगञ्जको पहिलो चारतारे होटलको रुपमा संचालनमा आएको यो होटललाई पर्यटन विभागले वातावरणीय प्रभाव मूल्यांकन र अन्य पूर्वाधार तथा सुविधाको आधारमा मूल्यांकनपछि पाँच तारे होटलमा स्तरोन्नतिको प्रमाण पत्र दिएको हो । पाँच दशकदेखि काठमाण्डौमा पाँच तारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाण्डौ उपत्यका बाहिरको यो पहिलो होटल हो। यो समूहले पर्यटकीय नगर पोखरामा समेत चार तारेर्ट होटल निर्माण गर्दैछ।