दश जिल्लामा शाखा बिस्तार गर्दै बाँकेको उपकार लद्युबित्त


बाँके :  उपकार लद्युबित्त संस्था लिमिटेड बाँके प्रदेश नम्बर ५ का दश जिल्लामा बिस्तार हुने भएको छ । २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएपछि केही महिनाभित्रै प्रदेश ५ को रुकुम र रोल्पा बाहेक अन्य दश जिल्लामा आफ्नो शाखा बिस्तार गरी बित्तिय गतिबिधि गर्ने तयारी गरिरहेको छ ।

राष्ट्र बैंकबाट घ बर्गको बित्तिय संस्थाको प्रमाणपत्र प्राप्त गरेपछि अझ केही कानुन प्रक्रिया पुरा गर्न बाँकी रहेको र ती काम सकिने बित्तिकै शाखा बिस्तार गरिने अध्यक्ष शान्ति ढकालले जानकारी दिईन ।  २०६० सालमा महिला उपकार मन्चले लद्युबित्त कार्यक्रम सन्चालन गर्ने अनुमति पाएको थियो । त्यसको केही वर्षपछि उसले काम सुरु गरेको हो ।

संस्थाको चुक्ता पुँजी छ करोड छ । हालसम्म रु ७८ करोड ८३ लाख ऋण लगानी भएको छ भने बचत ४२ करोड छ । संस्थामा २३ हजार ८ सय ६५ महिलाहरु सहभागी छन् । धेरै महिलाहरु ऋण लिएर र बचत गरेर स्वरोजगार बनेका छन् ।

प्रकाशित मितिः     १ फाल्गुन २०७५, बुधबार ०९:०६  |