५ न. प्रदेशमा मालपोतको राजश्व प्रदेश र स्थानीय तहलाई तत्काल बाँडफाँड गर्न निर्देशन


  • »

बाँके : प्रदेश नम्बर ५ मा मालपोत कार्यालयमा संकलन भएको राजश्व प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था कार्यान्वयन हुने भएको छ । प्रदेश सरकारले त्यस्तो व्यवस्था तत्काल कार्यान्वयन गर्नु भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयले जिल्लास्थित मालपोत कार्यालयलाई निर्देशन दिएको छ ।

उक्त निर्देशन फागुण महिनादेखि कार्यान्वयन हुने देखिन्छ । प्रदेशभरका मालपोत कार्यालयका प्रमुखसंग २०७५ माघ ११ गते प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बैठक गरेको थियो । त्यस लगत्तै मालपोत कार्यालयमा संकलन हुने राजश्व बाँडफाँड सम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन गर्नु भन्दै माघ १३ गते परिपत्र गरिएको छ ।

अब जिल्लास्थित मालपोत कार्यालयले संकलन हुने राजश्वको ४० प्रतिशत प्रदेश र ६० प्रतिशत स्थानीय तहको खातामा जम्मा गर्नुपर्ने छ । उक्त रकम हरेक महिना समाप्त भएको तीन दिनभित्र खातामा जम्मा गरिसक्नुपर्ने व्यवस्था छ । २०७५ असार ३२ मा मालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत प्रदेश तथा स्थानीय तहको बिभाज्य कोषका सम्बन्धमा तयार पारिएको कार्यबिधिमा उल्लेख भए बमोजिमको व्यवस्था तत्काल कार्यान्वयन हुन लागेको हो ।

प्रकाशित मितिः     २ फाल्गुन २०७५, बिहीबार ११:०८  |