जाजरकोटमा बस दुर्घटना, चार जनाको मृत्यु


नेपालगन्ज : जाजरकोटमा रिम्नामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट रुकुमको आठविसकोट नगरपालिका गइरहेको भे१ख १३२९ नम्बरको बस भेरी नगरपालिका–१ रिम्नानजिक बिहीबार राति दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीका अनुसार तीन जनाको शव निकालिएको छ। बसले च्यापिएकाले एक जनाको शव निकाल्न मुस्किल परेको छ। डोल्पाका मीनबहादुर बोहराबाहेक अन्य मृतकको सनाखत भने हुन सकेको छैन।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको कार्कीले जानकारी दिए। दुर्घटनामा ८ जना घाइते भएको उनले जानकारी दिए। पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको उनले प्रहरी निरीक्षक कार्कीले बताए।

प्रकाशित मितिः     २ फाल्गुन २०७५, बिहीबार २१:१२  |