पुराना नौ बीमा कम्पनीको छ महिनाको वित्तीय अवस्था, नेपाल लाइफ सबैभन्दा राम्रो


बैंकिङ खबर। चालु आर्थिक बर्षको पुष मसान्त सम्म १८ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका थिए । १८ वटा मध्ये ९ वटा पुराना जीवन बीमा कम्पनी हुन् भने ९ वटा नयाँ हुन् । १८ वटै जीवन बीमा कम्पनीहरुले पुष मसान्त सम्मको वित्तीय विवरण प्रकाशित गरिसकको छन् । हामीले पुराना ९ वटा जीवन बीमा कम्पनीको पुष मसान्त सम्मको वित्तीय अवस्थाको बारेमा विश्लेषण गर्ने प्रयास गरेका छौं ।

चुक्ताँ पूँजी 
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई गत असार मसान्त सम्मामा २ अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको थियो । तर उक्त समय अविधिमा बीमा कम्पनीहरुले पूँजी पुर्याउन नसकेपछि बीमा समितिले फेरी ६ महिना समय थप गरेको छ । तर थप गरिएको समय पछि पुष मसान्त सम्मामा २ वटा जीवन बीमा कम्पनीले मात्र पूँजी पु-याएका छन् ।

९ वटा जीवन बीमा कम्पनी मध्ये सबैभन्दा धेरै चुक्ता पूँजी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरिसकेको इन्स्योरेन्सको ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । त्यस्तै सबैभन्दा कम चुक्ता पूँजी सरकारी स्वामित्व रहेका राष्ट्रिय बीमा संस्थानको रहेको छ । जसको चुक्त पूँजी १८ करोड १० लाख रुपैयाँ मात्र रहेको छ ।

जगेडा कोष
चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा जगेडा कोषमा सबैभन्दा धेरै नेपाल लाइफ इनस्योरेन्सले ३ अर्ब १३ करोड ६१ लाख रुपैयाँ राखेको छ । त्यस्तै सबैभन्दा थोरै राष्ट्रिय बीमा संस्थानले १८ करोड २४ लाख रुपैयाँ राखेको छ । अन्य जीवन बीमा कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्सले ९६ करोड ५१ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सले ९७ करोड ९० लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५४ करोड ८१ लाख रुपैयाँ, मेट लाइफ नेपाललले १ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ, सुर्या लाइफ इन्स्योरेन्सले ३४ करोड १४ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले २६ करोड ३४ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले २६ करोड ५२ लाख रुपैयाँ जगेडा कोषमा राखेका छन् ।


जीवन बीमा कोष
जीवन बीमा कोषमा पनि सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ । सबैभन्दा कम एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब ३० करोड २८ लाख रुपैयाँ छुट्याएको छ ।

मुनाफा 
बीमा कम्पनीहरुले आर्थिक बर्षको प्रथम दास्रो र तेस्रो त्रैमासमा विभीन्न कोष तथा ब्यवस्थाको लागि रकमको ब्यवस्था गरेका हुन्छन् । त्यस्तो कोषमा कुनैले धेरै रकम ब्यवस्था गर्दछन भने कुनैले थोरै मात्र ब्यवस्था गर्दछन् । जसले गर्दा बीमा कम्पनीहरुको मुनाफामा पनि प्रभावस्त हुने गर्छ । चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा सबैभन्दा धेरै मुनाफा नेपाल लाइफ इन्स्योरेनसले २८ करोड ५ लाख रुपैैैयाँ कमाएको छ भने सबैभन्दा कम मुनाफा राष्ट्रिय बीमा संस्थानले ८२ लाख रुपैयाँ मात्र कामएको छ ।

खुद बीमा शुल्क आर्जन
बीमा कम्पनीहरुको वित्तीय अवस्थाको मुल्याङकन गर्ने प्रमुख आधार खुद बीमा शुल्क आर्जन नै हो । बीमा शुल्क धेरै आर्जन गरेको बीमा कम्पनीको अवस्था मजबुत हुन्छ भने कम आर्जन गरेकाको कमजोर हुन्छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सले ७१ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७५, शुक्रबार १३:१६  |
error: Content is protected !!