खराब कर्जा न्यूनिकरणमा बैंकहरुको छलाङ (हेर्नुस् २८ बैंंकको रिपोर्ट)


नेपालगन्ज : चालु आर्थिक बर्षको पुष समान्त सम्मको वित्तीय विवरण २८ वटै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् । बैंककहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २८ बैंक मध्ये खराब कर्जामा सबैभन्दा बढी सुधार प्रभु बैंकले गरेको छ । गत आर्थिक बर्षको पुष मसान्तमा ४ दशमलव १२ प्रतिशत रहेको बैंकको  खराब कर्जा  घटेर समिक्षा अवधिमा २ दशमलव ४७ प्रतिशतमा झरेको छ । त्यस्तै प्रतिशतका आधारमा खराब कर्जामा सबैभन्दा बढी वृद्धि नेपाल बङ्गलादेश बैंकको देखिएको छ । तर बैंकको खराब कर्जा प्रतिशतका आधारमा गतवर्ष भन्दा केही बढेपनि तुलनात्मक रुपमा अन्य बैंकहरु भन्दा कम नै देखिन्छ । बैंकको यस्तो कर्जा १ दशमलव ७८ प्रतिशत मात्र छ ।

आक्रमक रुपमा कर्जा विस्तार गरीरहेका बैंकहरुको खराब कर्जा बढ्न सक्ने सम्भाना उच्च थियो । तर बैंकहरुले कर्जामा देखाएको सावधानीका कारण अधिकांश बैंकको खराब कर्जा न्यून देखिन्छ ।

गत आर्थिक बर्षको पुष मसान्तको भन्दा चालु आर्थिक बर्षमा १५ वटा बैंकको कराब कर्जा घटेको छ भन्ने १३ वटा बैंकको खराब कर्जा बढेको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक मध्ये १० वटा बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम रहेको छ । १० वटा बैंकको खराब कर्जा १ देखि २ प्रतिशतको बीचमा रहेको छ । २ देखि ३ प्रतिशतको विचमा ४ वटा बैंकको छ भने ३ देखि ४ प्रतिशतको विचमा ३ वटा बैंकको रहेको छ । त्यस्तै १ वटा बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशत भन्दा माथि खराब कर्जा भएका बैंकहरुलाई निगरानीमा राख्ने गर्छ । पुष मसान्त सम्मको विवरण हेर्दा बैंकहरुले खराब कर्जालाइ नियन्त्रणमा राखेको देखिन्छ । त्यसैले वाणिज्य बैंकहरुको खराव कर्जामा नेपाल राष्ट्र बैंकले निगरानी गर्नुपर्ने अवस्था देखिदैन । पुष मसान्तमा सबैभन्दा थोरै खराब कर्जा एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको शुन्य दशमलव १९ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको गत बर्षको तुलनामा खराब कर्जा घटेको हो भने नेपाल एसविआई बैंकको बढेको हो ।

गत आर्थिक बर्ष सम्म शुन्य दशमलव शुन्य ३ प्रतिशत खराब कर्जा रहेको सानिमा बैंकको अहिले बढेर शुन्य दशमलव २४ प्रतिशत पुगेको छ ।

चालु आर्थिक बर्षको पुष मसान्तमा सबैभन्दा धरै खराब कर्जा कृषि विकास बैंकको रहेको छ । बैंकको खराब कर्जा ४ दशमलव ५० प्रतिशत रहेको छ । गत आर्थिक बर्षको पुष मसान्तमा सबैभन्दा धेरै खराव कर्जा सिभिल बैंकको रहेको थियो । तर यो बैंकले खराब कर्जा अशुलिमा राम्रो प्रगति गरेपछि खराब कर्जा घटाएको हो ।  बैंकिंग खबर

प्रकाशित मितिः     ३ फाल्गुन २०७५, शुक्रबार १२:२६  |