बाँके : प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिकाको कान्ती ताललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न चालु आर्थिक वर्षका लागि रु १ करोड ५० लाख अनुदान सहयोग गर्ने भएको छ । कान्ति तालमा बृहत् योजना छ । प्राकृतिक सौन्दर्य बनाउने, बोटिङ गर्नेलगायत सुविधा सम्पन्न ताल बनाउने उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ । ताल संरक्षण गर्ने उपमहानगरपालिकाको मुख्य कार्यक्षेत्रमा परेको छ ।
दुई वर्षदेखि निर्माणाधीन कान्ती तालले २१ र २२ दुवै वडालाई छोएको छ । कुल क्षेत्रफल २५ बिघा १ कट्ठा १७ धुर रहेको छ, जमिनमा अहिले वरिपरि पर्खाल लगाउने काम सकिएको छ । सोही ताल निर्माणका लागि प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरलेलको अध्यक्षतामा माघ २८ गते बसेको बैठकले समपुरक योजना अन्र्तगत नेपालगन्ज उपमहानगरपालिकाको कान्तीलाई छनौट गरिएको हो । रु ८ करोड बढि लागतमा बन्ने बहुवर्षिय योजना भित्र रहेको उक्त तालका लागि चालु आर्थिक वर्षका लागि प्रदेशले रु १ करोड ५० लाख अनुदान दिने भएको हो ।
प्रदेश सरकारले समपुरक योजनाका लागि नेपालगन्ज उपमहानगरपालिका सहित खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बिभिन्न योजना छनौट गरेको छ । नरैनापुर गाउँपालिकाका लागि हुलाकी रोड स्तोरन्तीका लागि रु २४ लाख अनुदान दिने निर्णय भएको छ । यस्तै राप्तीसोनारी गाउँपालिकाका ६ नम्बर वडादेखि सिद्धेश्वर मावि जाने बाटो कालापेत्र बनाउन ५० लाख छुट्याईएको
छ । खजुरा गाउँपालिकामा वडा नम्बर ४ प्रहरी बिटदेखि एफगाउँ हुँदै हवलदारपुर जोड्ने सडक कालोपत्रेका लागि २५ लाख, खजुरा वडा नम्बर ३ प्रतिक्षालयदेखि धौलागिरीसम्म जाने सडक कालोपत्रेका लागि रु २५ लाख, वडा नम्बर २ बाबस्थानदेखि वडा कार्यालय जानेबाटो कालपत्रेका लागि रु २५ करोड,१ नम्बर वडा कार्यालयदेखि भारत सिमानासम्म सडक कालोपत्रेका लागि रु २५ लाख नै छुट्याईएको छ ।