‘सौराहा गज्जव लाग्यो, अब एकपटक मुस्ताङ्ग जाने हो ’


प्रविण बिसी
अध्यक्ष : चेन्ज टिम

संधै व्यस्त भईन्छ । कम्तिमा बिदाका बेला भने परिवारका सदस्य र साथीभाईसंग मिलेर घुमघाम गर्न जाने गरेको छु । घुमघा नजिक पनि हुन्छ भने देशका अन्य पर्यटयिकक्षेत्र र बिदेशमा पनि गएको छु । घुमफिरको आनन्द बेग्लै हुन्छ । नयाँ ठाउँ देख्न, जान्न पाईन्छ । मुड फ्रेस हुन्छ । शरिरमा नयाँ जोश आउँछ ।


अहिलेसम्म घुमेका ठाउँ मध्ये नेपालमा सौराह असाध्यै राम्रो लाग्यो । त्यहाँको थारु कल्चरले लोभ्यायो । शान्त, रमणिय वातावारणमा रहेको सौराहले बेग्लै आनन्द दिन्छ । जहाँ हजारौ पर्यटक आइरहन्छन् । शहरको कोलाहलबाट मुक्ति पाउन त्यहाँ जानेहरुको संख्या धेरै छ ।
अब मुस्ताङमा जाने रहर जागेको छ । नेपालगन्जबाट धेरै जना त्यहाँ पुगिसक्नुभएको छ । मुस्ताङको बारेमा धेरै सुनेको छ । त्यहाँको साथीभाईसंग मिलेर जाने योजना बनाएको छु । उपयुक्त समय र साथीहरुसंग जान्छु । सकभर मोटरसाईकलबाटै जान पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । त्यसको बेग्लै आनन्द छ रे । तर योजना के बन्छ हेरौं ।

प्रकाशित मितिः     ४ फाल्गुन २०७५, शनिबार १०:१५  |
error: Content is protected !!