नेपाल उड अन्र्तराष्ट्रिय प्रदर्शनीमा शिखर प्लाईको आर्कषण, वन मन्त्री बस्नेतद्धारा अवलोकन


नेपालगन्ज : शुक्रबारदेखि राजधानीमा आयोजित नेपाल उड अन्तर्रा्ष्ट्रिय प्रदर्शनीमा नेपालगन्जको शिखर प्लाईउड उद्योगको आर्कषण देखिएको छ ।

मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एण्ड इभन्ट प्रालिले संयुक्त रुपमा आयोजनामा ‘नेपाल उड इन्टरन्यासनल एक्स्पो’ शुक्रबारदेखि आइतबारसम्म भृकृटीमण्डपमा आयोजना गरिरहेको प्रदर्शनीमा शिखर प्लाईउडले स्टल राखेको छ । शिखरले हाल उत्पादन गरिरहेको र आगामी दिनमा उत्पादन गर्ने उत्पादनका बारेमा जानकारी गराइरहेको उक्त ग्रुपका प्रमुख चम्पालाल बोथराले जानकारी दिए । शुक्रबार वन मन्त्री शक्ति बहादुर बस्नेतले शिखरको स्टल अवलोकन गरे । यस पाचौँ संस्करणको एक्पोमा विभिन्न देशका २०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका १२० भन्दा बढी स्टल छन् ।


मेलामा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादन तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने छन्। नेप्लाई टाईटल स्पोन्सर रहेको प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको दावी छ।

प्रकाशित मितिः     ४ फाल्गुन २०७५, शनिबार ०७:४०  |
error: Content is protected !!