ओम फिट्नेसको पहिलो शाखा कोहलपुरमा


कोहलपुर : नेपालगन्जमा सञ्चालित ओम फिट्नेस एण्ड अर्डर सप्लायर्सले आफ्नो पहिलो शाखाका रुपमा बाँकेको कोहलपुरमा सञ्चालनमा आएको छ । कोहलपुर क्षेत्रमै पहिलोपटक सो फिटनेस क्लब सञ्चालनमा आएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि क्लबको औपचारिक सुरुवात गरिएको ओम फिट्नेसका सञ्चालक लवराज श्रेष्ठले जानकारी दिए ।

शारीरिक अभ्यासका लागि युवालाई ध्यान दिँदै ओम फिटनेस एण्ड अर्ड सप्लायर्स सञ्चालनमा आएको हो । सञ्चालनमा आएको उक्त क्लबको कोहलपुर नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष कर्ण थापा एवं राप्रपाका केन्द्रिय सदस्य तथा यूवा नेता ऋषीराज देवकोटाले सामुहिकरुपमा उद्घाटन गरे ।

नेपालगन्जमा सञ्चालित ओम फिट्नेस एण्ड अर्डर सप्लायर्सले आफ्नो पहिलो शाखाका रुपमा बाँकेको कोहलपुरमा सो सेन्टर सञ्चालनमा ल्याएको ओम फिट्नेसका सञ्चालक लवराज श्रेष्ठले जानकारी दिए ।

शारीरिक अभ्यासका लागि यस्ता खालका फिटनेस क्लबहरूले राम्रो काम गर्दै आएको कार्यक्रममा सहभागिहरुले बताएकाछन् । युवा तथा व्यवसायीहरूले दैनिक रूपमा बिहान वा बेलुका केही समय निकालेर अभ्यास गर्नुपर्नेमा जोड वडा अध्यक्ष थापाले जोड दिए । उनले स्वास्थ्य मानिसका लागि आवश्यक भएकाले आफ्नो व्यस्तताबाट थोरै भए पनि शरीर र स्वास्थ्यका लागि समय खर्चिनुपर्ने बताए ।

शाखा उद्घाटन पछि बोल्दै ओम फिटनेस क्लबका सञ्चालक तथा प्रशिक्षक लवराज श्रेष्ठले वयष्कले मात्र जिम गर्नुपर्छ, भन्ने गलत धारणा रहेको बताउँदै शरीर सन्तुलनमा राख्न सबैका लागि जिम आवश्यक रहेको बताए । जिम भनेको ‘रामवाण’ औषधी हो, जिमले रोगस“ग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै, सुन्दर तथा आकर्षक शरीर बन्ने उनले बताए । उनले रोग तथा मानसिक तनावबाट मुक्त हुन, आकर्षक शरीर तथा व्यवहार परिवर्तनको उपयुक्त थलो जिम रहेकाले सामान्य मानिसलाई दिनहुँ करीब डेढदेखि २ घण्टासम्म जिम आवश्यक रहेको सञ्चालक श्रेष्ठको भनाइ छ ।


सो क्लबले एरोविक अभ्यासमार्फत मोटोपन घटाउने, पाचन शक्ति बढाउने र रक्तसञ्चारमा फाइदा पु¥याउने उनको भनाइ छ । यसैगरी मेशिनमार्फत मानिसहरूको मसाजसमेत गरिनेछ । सो कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश पाँचका अध्यक्ष भीम ओलीले शाखा सेन्टर उद्घाटनसगैं मिसन आठौं राष्ट्रिय खेलकुदलाई समेत टेवा पु¥याएको बताए । कार्यक्रममा राप्रपा नेता तेजनारायाण कंडेल नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, , मनोज श्रेष्ठ, हुकुम केसी लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     ४ फाल्गुन २०७५, शनिबार १९:४८  |