बाँकेमा बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो


नेपालगन्ज : बाँके जिल्लामा हरेक वर्ष बैंक तथा बित्तिय संस्थाहरु खुल्नेक्रम बढेको छ । जिल्लाभर हालसम्म बैंक तथा बित्तिय संस्थाको संख्या १ सय ६२ पुग्यो । आर्थिक गतिबिधि बढेका कारण यहाँ बैंकहरुको आर्कषण देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, बाँकेमा वाणिज्य बैंकका शाखा ६७ पुगेका छन् । विकास बैंक ३२, वित्त कम्पनी ५, लद्यु बित्त विकास बैंकको संख्या १ सय ६२ रहेको छ । बाँकेका बैंक तथा बित्तिय संख्या गत आर्थिक वर्षमा रु ३० अर्व बढि निक्षेप संकलन गरेका थिए । उनीहरुले बाँकेमा रु ४६ अर्व बढि कर्जा लगानी गरे ।

बैंक तथा बित्तियक्षेत्र शहरमुखी छन् । अधिकांस बैंक शहरका मुख्य ठाउँमा छन् । तर स्थानीय तह गठनसंगै सरकारले नयाँ व्यवस्था गरेपछि बैंकका शाखाहरु गाउँ जान थालेका छन् । बैंकहरु शहर केन्द्रित हुँदै धेरै ग्रामिणभेगका मानिसहरु बित्तिय पहुँचसम्म पुग्न सकेका छैनन् ।

प्रकाशित मितिः     ५ फाल्गुन २०७५, आईतवार ०७:२१  |