जमानासंगै फेरियो बब्लु आर्ट


बाँके : आर्टका क्षेत्रमा चर्चित नाम हो नेपालगन्जको बब्लु आर्ट । कुनै कुरा लेखाउनुपरे बब्लु आर्टमै जानुपर्छ भन्नेको कमी छैन । पन्ध्र वर्षको कलिलो उमेरबाटै नेपालगन्ज वडा नम्बर ७ का बब्लु शेषले यो आर्ट सुरु गरेका थिए । ठ्याक्कै पन्ध वर्ष भएछ, उनले आर्ट सुरु गरेको । अहिले उनी तीस वर्षका भए ।

पन्ध्र वर्षको अवधीमा प्रविधिको क्षेत्रमा धेरे परिवर्तन आएको छ । अधिकांस क्षेत्र डिभिजटमैत्री बनेपछि आर्ट क्षेत्र पनि प्रभावित बन्यो । हातले लेख्ने ब्यानर बनाउन आउन छाडे । जम्मै डिजिटल प्रविधिमा गए । कलासंगै व्यवसाय गरेर रोजीरोटी चलाउनेलाई मुस्किल भयो । यो कुराबाट बब्लु पनि अछुतो रहन सकेनन् ।

सोमबार बब्लु शेषले बब्लु आर्टलाई औपचारिक रुपमा बब्लु आर्ट एण्ड डिजिटल प्रिन्टरमा रुपान्तरण गरे । ‘प्रविधिसंग तालमेल मिलाएर हिड्न पर्ने रहेछ ।’ बब्लुले भने–‘अनि डिजिटल प्रिन्टर सुरु गरे ।’ आर्टले ग्राहक तान्न सकिरहेका छैनन्, यतिबेला । त्यसको मारमा परेपछि डिजिटल प्रविधि सुरु गर्दैछन् अधिकांसले । ऋणधन गरेरै भएपनि डिजिटल प्रिन्टरका लागि मेशिन किनेको बब्लुले बताए ।

तस्बिर : बिजय मल्ल / सदभाव

अब बब्लु आर्टमा विभिन्न ब्यानर, भित्तेलेखन, होर्डिङ बोर्ड लगायतका कार्य गर्दै आएका थिए । ब्यवसायमा आएको आधुनिकतालाई मध्यनजर गर्दै उनले सो व्यवसाय सुरु गरेको बताए । नेपालगन्जको न्यूरोड रहेको सो व्यवसायले विभिन्न साईनबोर्ड, होर्डिङ बोर्ड,फलेक्स बोर्ड, लाइट बोर्ड, फलेक्स ब्यानर, भिनाइल स्टिकर, सेल्फ ईन्क स्टाप, सवारी साधन नम्बर प्लेट लेख्ने लगायतको काम गरिने उनले बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बब्लु आर्ट एण्ड डिजिटल प्रिन्टरको उद्घाटन गरेका थिए ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७५, सोमबार १७:१४  |