सांग्रिला बैंकका कर्मचारी र भिसा डेविर्ट कार्ड प्रयोगकर्ताले यि चार अस्पतालमा सहुलियत पाउँछन्


नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारी र भिसा डेविट कार्ड प्रयोगकर्ताले नाम चलेका चारवटा अस्पतालमा उपचार गर्दा सहुलियत पाउने भएका छन् । उत्कृष्ट अस्पतालका रुपमा रहेको नेपालको ग्राण्डी इन्टरनेशनल,ब्लुक्रस,नेपाल मेडिसिटी अस्पताल र भारतको चर्चित एपोलो अस्पतालमा कर्मचारी र भिसा डेविट कार्ड प्रयोगकर्ताले सहुलियत पाउने छन् ।

ती हस्पिटल प्रालिसंग बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई सम्बन्धित अस्पताले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन ।


यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैकिंग सेवाको अतिरीक्त बिभिन्न अस्पतालले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग श्रेष्ठले बताए ।

प्रकाशित मितिः     ८ फाल्गुन २०७५, बुधबार १४:१९  |
error: Content is protected !!