प्रादेशिक महोत्सवको मुख्य प्रायोजकमा केएल दुगड, उप-मुख्य प्रायोजकमा शिखर प्लाई


नेपालगन्ज :  फागुण १६ गतेदेखि २६ गतेसम्म नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने प्रादेशिक महोत्सव २०७५ लाई केएल दुगड ग्रुपले मुख्यरुपमा प्रायोजक गर्ने भएको छ । दुगडसंग मुख्य प्रायोजकका बिषयमा सम्झौता भएको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।
महोत्सवको उपमुख्य प्रायोजकमा शिखर प्लाईउड ईण्डष्ट्रिज प्रा.लि, सहप्रयोजकमा नेपालगन्ज मेडिकल कलेज रहेका छन् ।

प्रायोजकमा आईएमई ग्रुप, लुम्बिनी ईन्सुरेन्स, मेट्रिक्स उड ईण्डष्ट्रिज प्रालि, ईलेक्ट्रिक पावर ईण्डष्ट्रिज प्रालि ,जय बागेश्वरी रोटो मोडलिङ्ग ईण्डष्ट्रि प्रालि, हंसराज हुलास चन्द्र गोल्छा एण्ड कम्पनी, देवकी प्याकेजिङ्ग इण्डष्ट्रिज प्रालि रहेको छ ।  यस्तै टिकट प्रायोजकमा बिजय मेटल ईण्डष्ट्रिज प्रालि, अफिसियल ईन्सुरेन्समा नेशनल ईन्सुरेन्स र अपिसियल बैंक एनआईसी एशिया बैंक रहेको छ । उनीहरुसंग संघले सम्झौता गरिसकेको छ । महोत्सवको तयारी तिब्ररुपमा भइरहेको प्रचार प्रसार समितिका संयोजक टंक धामीले जानकारी दिएका
छन् ।


प्रकाशित मितिः     ८ फाल्गुन २०७५, बुधबार १७:१८  |
error: Content is protected !!