नेपालगन्ज : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तीं नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो पटक ढाका टोपी र दौरा सुरुवालमा देखिएका छन् ।
नयाँ शक्तीकी नेतृ हिसिला यामीले बिहिवार बिहान दौरा सुरुवाल र ढाका टोपी लगाएको फोटो सामाजिक सन्जालमा शेयर गरेकी छन् । ‘मेरो श्रीमान डा बिआरबीले पहिलो पटक खास ठाउँमा खास दौरा सुरुवाल लगाउनुभएकोछ’ भन्दै यामीले पूर्व प्रधानमन्त्री भट्टराईको आर्कषक तस्बिर आफ्नो फेसबुकवालमा पोष्ट गरेकी छन् ।
भट्टराई दम्पत्ति लगायत नयाँ शक्तीका नेताहरु यतिबेला पश्चिम रुकुमको पार्टी कार्यक्रममा सहभागि भइरहेका छन् । भट्टराईले बिशेष गरी मध्यपश्चिमका पहाडी जिल्लामा लगाईने आँकाशे रंगको दौरा लगाएका छन् । दौरा सुरुवाल र ढाका टोपीमा भट्टराई निक्कै सुहाएको भन्दै सामाजिक सन्जालमा प्रशंसा भएको छ । उनलाई यो पोशाक निरन्तर लगाउन पनि सुझाव दिईएको छ । खुलेर नहाँस्ने भनिएका पूर्व प्रधानमन्त्री भट्टराई उक्त तस्बिरमा मज्जाले मुस्काएरको देखिन्छ ।
भट्टराईले हालसम्म कोट पैन्ट लगाउने गर्थे भने उनले भातगाउँले टोपी भने लगाउँथे । उनले एउटा कुनै पोशाकलाई अर्थात दौरा सुरुवाललाई राष्ट्रिय पोशाक बनाउने कुराको बिरोध गर्दै आएका छन् ।