रानीतलाउँको पुजा टेन्ट हाउसमा आगलागी, एक जना सामान्य घाइते


नेपालगन्ज : रानीतलाउँस्थित पुजा टेन्ट हाउसमा आज बिहिवार बिहान दश बजेपछि आगलागी हुँदा एक जना सामान्य घाईते भएका छन् । आगलागीका कारण टेन्ट हाउस पुर्णरुपमा जलेको छ ।

पवन बंशकारले सन्चालन गरेको टेन्ट हाउसमा आगलागी भएको हो । आगो निभाउने क्रममा सन्दिप बंशकार घाइते भएका छन् । उनको भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ । पुजा कोठामा बालेको दियो सल्किएर आगलागी भएको अनुमान गरेपनि प्रहरी आगलागीको कारण अनुसन्धान गरिरहेको छ । दमकल, प्रहरी र स्थानीयले आगो निभाएका छन् ।

प्रकाशित मितिः     ९ फाल्गुन २०७५, बिहीबार ११:२८  |