नेपालगन्ज : जय बागेश्वरी सिमेन्ट्स प्रा.लि पूर्णक्षमतामा सन्चालन आएको छ । चाचान समूह अन्र्तगतको बाँकेको जानकी गाउँपालिकास्थित गनापुरमा रहेको उक्त सिमेन्ट उद्योगले हाल दैनिक २१ हजार बोरा बिभिन्न ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।
एक वर्ष अघिसम्म दैनिक ९ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको जय बागेश्वरीले उद्योगमा लगानी थप गर्दै उत्पादन क्षमता बृद्धि गरेको हो । उसले त्रिशक्ति प्रिमियम ब्राण्डको ओपिसी र त्रिशक्ति, बज्रशक्ति ब्राण्डको पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । आफ्नो उत्पादनले छोटो समयमै बजार लिन सफल भएको उद्योगका प्रवन्ध संचालक निशान्त चाचानले जानकारी दिए ।
अत्याधुनिक जर्मन प्रविधिको स्वचालित मेसिनबाट सिमेन्ट उत्पादन भइरहेको र उच्च गुणस्तरिय रहेको उद्योगका महाप्रबन्धक सुमन श्रेष्ठले जानकारी बताए । चाचान ग्रुप अन्र्तगतको पहिलो उद्योग नारायणी सिमेन्ट उदोग प्रालि बिरगन्ज, दोस्रो नेपालगन्जको जय बागेश्वरी हो । यि दुबै उद्योगले दैनिक ४२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएका छन् ।
बिहिवार नेपालगन्जमा जय बागेश्वरी सिमेन्टले डिलर्स तथा निर्माण व्यवसायिलाई लक्षित गरी एक दिने डिलर्स मिट कार्यक्रमलको आयोजना गरेको छ । उक्त कार्यक्रममा निर्माण व्यवसायी महासंघ बाँकेका अध्यक्ष टेकबहादुर खड्का, उपाध्यक्ष लिलाराज उपाध्यक्ष लगायतको सहभागिता थियो ।