नेपालगन्ज : बाँके जिल्लामा बार्षिक रुपमा नौं हजार किलो मह उत्पादन हुने गरेको पाईएको छ । मह उत्पादनका लागि यहाँका कृषकहरु स्वस्फुर्त लागिरहेका छन् । उनीहरुले व्यवसायीक मौरीपालन समेत गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै मात्र सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार बाँकेमा गत आर्थिक वर्ष २०७४र २०७५ मा ८ हजार ९ सय २५ किलो महत उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३र २०७४ मा ९ हजार किलो र आर्थिक वर्ष २०७२ र २०७३ मा ८ हजार किलो मह उत्पादन भएको थियो । मह उत्पादन तीन वर्षयता जहाँको त्यही अवस्थामा रहेको छ । उत्पादन बढ्न सकेको छैन ।
अन्य व्यवसाय जस्तो दिनभर खटिनु नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि उनीहरु मौरी पालनमा जुटेका हुन् । बजारमा मौरीको मह प्रतिकिलो ५ सय रुपैयामा विक्रि हुने गरेको छ । उत्पादित मह गाउँमै खपत हुने भएपछि यहाँका महिलाहरु मौरी पालन व्यवसायतर्फ आर्क्षित भएका छन् ।
बाँकेमा कसुम, महादेवपुरी, कचनापुर, चीसापानी र नौबस्ता गाविस व्यवसायीक मौरी पालनका लागि सम्भावित क्षेत्र रहेको छ ।
मौरीका लागि चरण क्षेत्र राम्रो रहेको र एउटा मौरी घारबाट बार्षिक ५० किलोसम्म मह उत्पादन भई बार्षिक एक घारबाट २५ हजार बढी आम्दानी मौरी पालक महिलाहरुले गर्न सफल भएका छन् । बाके जिल्लालाई लोकल र युरोपियन मौरी पाल्नका लागि उचित मानिईएको छ । बाके जिल्लामा मौरी व्यवसायलाई व्यवसायीकरण गर्न सके विदेशमा पलायन युवा शक्तिलाई यस क्षेत्रमा रोजगारी दिन सक्ने सम्भावना रहेको छ ।