बाँकेमा तीनवटा नमुना मिट मार्ट र पशु बधशाला बनाउन प्रदेश सरकारको साढे तीन करोड अनुदान


बाँके :  प्रदेश नम्बर ५ को भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेमा तीनवटा नमुना मिट मार्ट सन्चालन गरिने भएको छ । चालु आर्थिक वर्षको पशुपन्छी उत्पादन तथा बजार प्रवद्र्धधन कार्यक्रम अन्र्तगत उक्त अनुदान सहयोगका लागि बाँकेको तीनवटा फर्मको प्रस्ताव स्वीकृत भएको छ । स्वीकृत भएका फर्ममा नेपालगन्जस्थित जय पृथ्वी कृषि सहकारी संस्था लिमिटेड,यम्मी फ्रिजन फुड्स र कोहलपुरस्थित एमके पिग फर्म रहेका छन् । उनीहरुलाई ५० लाखको दरले डेढ करोड अनुदान प्राप्त गर्ने छन् । नमुना मिट मार्ट सहित पशु बधशाला र व्यवसायीक प्रर्बधनमा समेत मन्त्रालयले अनुदान दिनको नामावली सार्वजनिक गरेको छ ।

माघ ८ गते बसेको अनुदान व्यवस्थापन समितिको निर्णयानुसार पशु बधशाला स्थापना सहयोग तथा प्रवर्द्धन, नमूना मिटमार्ट स्थापना सहयोग र व्यवसायिक फर्म तथा सहकारीका लागि सहकार्यमा दाना तथा अन्य पशुजन्य पदार्थ ढुवानीका लागि पिकअप खरिद सहयोग स्वीकृत भएका अनुदानग्राहीको नाम समेत सार्वजनिक भएको छ ।

सार्वजनिक नाम अनुसार कोहलपुर नगरपालिकालाई पशुबधशाला निर्माणका लागि १ करोड ९७ लाख, पशु ढुवानी गर्न पिकअप गाडी खरिद गर्न सामाजिक महिला उद्यमी संघ सहकारी संघलाई रु १० लाख अनुदान दिइने भएको छ ।

प्रकाशित मितिः     १२ फाल्गुन २०७५, आईतवार १०:२१  |