प्रदेश ५ को राजधानी र नामाकरण सिफारिस समितिसंग आज छलफल हुँदै, नेपालगन्जमा यस्तो छ तयारी


नेपालगन्ज :  प्रदेश ५ को नामाकरण र स्थायी राजधानी सिफारिस गर्न बनेको प्रदेश संसदिय समितिले आज आईतबार नेपालगन्जमा छलफल गर्दै छ । जिल्ला समन्वय समितिको सभाहलमा यहाँका छलफलको आयोजना गर्न लागिएको छ ।

अहिले प्रदेश संरचनाप्रति बाँके र बर्दियाका बहुसंख्यक सर्बसाधारण असन्तुष्ट छन् । अझ त्यसमा पनि प्रदेशको नामाकरण के हुने र राजधानी कहाँ हुने भन्ने बिषयलाई यहाँ निकै चासो पूर्वक हेरिएको छ ।

संसदिय समितिलाई विकासका लागि नागरिक सरोकार समिति बाँकेले नेपालगन्जलाई राजधानी बनाउनुपर्ने आधार सहित आफ्नो सुझाव दिने तयारी गरिरहेको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । समितिले राजधानी र नामाकरणका बिषयमा यहाँका अगुवाहरुसंग केही दिन पहिले बृहद छलफल गरेर नेपालगन्जको मागका बिषयमा एकमत बनाएको थियो ।

प्रकाशित मितिः     १२ फाल्गुन २०७५, आईतवार ०७:२३  |