नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको अध्यक्षमा सुफियान खान विजयी


नेपालगन्ज : नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको अध्यक्षमा सुफियान खान पठान १० मतको अन्तरले विजयी भएका छन् । नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको शनिबार भएको चुनावमा सुफियान खान पठानले २५ मत पाएका थिए । भने संघको अध्यक्षका अर्का दावेदार तथा सुफियान खान पठानका प्रतिद्वन्दी अब्बदुल रहिम हल्वाईले १५ मत प्राप्त गरेका थिए ।

उपध्यक्षमा सानु खान २१ मत प्राप्त गरि विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी धुर्ब सिंह सिजापतिलाई २ मतले पराजित गर्दै विजयी भएका हुन् । सचिबमा भने १८ मत पाएका साजिद अलि शेख लाई १९ मत ल्याई गोपि डंगोलले पराजित गरेका छन् । यसै गरि कोषाध्यक्षमा भने १७ मत प्राप्त गरेका प्रितम सिंह ठकुरीलाई ४ मतले जित्दै २१ मत प्राप्त गरि अमन राइन विजयी भएका छन् ।

नेपाल रेफ्रिजेरेसन एण्ड ईलेक्ट्रो मेकानिकल संघको शनिबार भएको चुनावमा विजयी सुफियान खान पठानले चुनाब आवश्यक प्रक्रिया भएकोले यसमा आएका प्रतिक्रियाले संगठनको जिवनमा कुनै असर नगर्ने र संगठनलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् ।

यो जित प्रक्रियाको जित हो कसैको पनि हार हैन भन्दै उनले व्यावसायीको उत्थानमा हामी एक ढिक्का भएर जाने संकल्पको विकल्प नरहेको बताए । १३ बर्ष सम्म निस्क्रिय रहेको उक्त संघको पुन सक्रियताका लागि उक्त चुनाव गरिएको विजयी भएका पठानले बताएका छन् ।

प्रकाशित मितिः     ११ फाल्गुन २०७५, शनिबार २०:५३  |