नेपालगन्जमा पहिलो हेलिप्याड सहितको सुविधा सम्पन्न अस्पताल बन्दै छ एचसिआरसी


निर्माणधिन अस्पतालको स्केच ।

बाँके : नेपालगन्ज-१० चारवाहिनीरोडमा निर्माणाधिन हेल्थ केयर अस्पताल तथा प्रसुति गृह (एचसिआरसी) ले हेलिप्याड सहितको सुविधा सम्पन्न ईमर्जेन्सी तथा प्रसुती सेवा दिने भएको छ । एचिसिआरसी पश्चिम नेपालमा हेलिप्याड सहितको पहिलो अस्पताल बन्दैछ ।

एचिसिआरसीले भौतिक पुर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुर्याएको छ । अस्पतालले भूकम्प प्रतिरोधी र अत्याधुनिक पूर्वाधार निर्माणलाई जोड दिएको प्रवन्धक रमेश सिटौलाले जानकारी दिए । भूकम्प प्रतिरोधी भौतिक संरचना भएकैले हेलिकप्टर बस्न मिल्ने गरी हेलिप्याड बनाईने छ । सिटौलाले भने,–‘भौतिक पूर्वाधारको काम सम्पन्न हुने बित्तिकै निकट भविष्यमा सुविधा सम्पन्न भवनमा २४ सैं घण्टाको गुणस्तरिय ईर्मर्जेन्सी तथा प्रसुती सेवा सन्चालन गर्दैछौं ।’

उक्त अस्पतालका अध्यक्ष डा कुमारशान शाह प्रसुति रोग बिशेज्ञ हुन । उनकै नेतृत्वमा प्रसुतिरोगको उपचारका लागि नेपालगन्जमा अत्याधुनिक अस्पताल बन्दै गरेको हो । अहिले उक्त अस्पतालमा पूर्ण प्रसुती जाँच, सुरक्षित गर्भपतन, प्रजनन् स्वास्थ्य सम्बन्धि सम्पुर्ण सेवा, परिवार नियोजन लगायतका दिदै आएको छ ।

अस्पतालका प्रबन्धक सिटौला लखनउस्थित सहारा अस्पतालका निर्देशकसंग सहकार्यका बिषयमा छलफल गर्दै ।

तर अव निकट भविष्यमै अस्पतालले क्याथ ल्याव, डाईलेसिस, आईसियु, एनआईसियु, मोडुल अप्रेशन थिएटर जस्ता सुविधा दिने प्रवन्धक सिटौलाले जानकारी दिए । अस्पताल पुर्णरुपमा सन्चालन भए यस क्षेत्रका बिरामीले नयाँ जीवन पाउने छन् । अस्पतालले भारत लखनउका ख्याती प्राप्त अस्पतालसंग पनि सहकार्य गर्ने भएको छ । लखनउको सहारा जस्ता अस्पतालसंग सहकार्य गर्ने बिषयमा प्रबन्धक सिटौलाले त्यहाँ बिशेषज्ञसंग छलफल समेत गरिसकेका छन् ।

प्रकाशित मितिः     १३ फाल्गुन २०७५, सोमबार १०:३६  |