सवारी चालकलाई नेपाल बैंकको दाङ्ग र बुटवल लगायतका शाखामा रोजगारीको अवसर


नेपालगन्ज : नेपाल बैंक लिमिटेडले प्रदेश पाँचको बुटवल र दांग सहित विभिन्न शाखा कार्यालयका लागि करारमा सवारी चालक मागेको छ । बैंकले प्रदेश दुईको वीरगंज, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको बुटवल तथा दाङ, प्रदेश एक को सुनसरी, प्रदेश तीनको प्रधान कार्यालय काठमाडौँ, कान्तिपुर शाखा र ललितपुरको गावहाल शाखाहरुका लागि एक एक जना सवारी चालक करारमा मागेको छ ।

वैंकले करार सेवाको अवधी २ वर्ष तोकेको छ । सवारी चाललको एक वर्षको अनुभव भएका तथा दश कक्षा सम्म अध्ययन गरेकाले निवेदन दिन सक्कने जनाएको छ । आवेदन दिने अन्तिम मिति फागुन २७ गते सम्म रहेको छ ।

प्रकाशित मितिः     १४ फाल्गुन २०७५, मंगलवार ११:२७  |