स्थापना दिवशमा नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशनको सम्मान तथा सहयोग


नेपालगन्ज : नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशन, बाँकेले पाँचौ स्थापना दिवश भव्यतापूर्वक मनाउँदै अग्रज व्यवसायीलाई सम्मान र समाज विकास प्रर्वधन केन्द्र अनाथालयलाई सहयोग गरेको छ । नेपालगन्जको स्वस्तिक कटेजमा आयोजित स्थापना दिवश कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, आयोजकन नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशनका अध्यक्ष चिरञ्जीवी ओलीले सम्मान तथा सहयोग हस्तान्तरण गरे ।

सम्मानित हुनेहरुमा एशोसियसनका संस्थापक अध्यक्ष चोलराज श्रेष्ठ, अग्रज व्यवसायीहरु ध्रुब दाहाल, हरिशचन्द्र श्रेष्ठ, दत्तप्रसाद आचार्य, प्रह्लाद लखेर, रामकुमार बैश्य रहेका छन् । उनीहरुलाई एशोसियसनको तर्फबाट सम्मानपत्र र दोसल्ला ओढाईएको थियो ।


एशोसियनले स्थापना दिवशकै अवसरमा समाज विकास प्रर्वधन केन्द्र अनाथालयलाई खाद्यन तथा स्टेशनरी लगायतको सहयोग गरेको छ भने व्यवसायीहरुलाई सदस्यता प्रमाणपत्र बितरण गरेको थियो । व्यवसायिक हकहित र सामाजिक अभियानको कार्यमा क्रियाशिल नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशन पाँचौ स्थापना दिवशबाट नयाँ कामको सुरुवात गरिएको अध्यक्ष ओलीले बताए । व्यवसायीक हितका लागि एशोसियनलाई आगामी दिनमा अझ सक्रिय बनाएर लैजाने प्रतिवद्धता जनाए ।


उक्त अवसरमा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले व्यवसायिक हकहितका एशोसिशन निकै सक्रिय रहेको भन्दै प्रशंसा गरे । अन्य व्यवसायीहरुले इलेक्ट्रोनिक्स व्यवसायमा राज्यका नीतिहरु बाधक बन्दे गएको भन्दै सुधार गर्न जोडदार आवाज उठाएका थिए । महासचिव बिष्णु जोशीले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रमोद गुप्ताले स्वागत मन्त्व्य व्यक्त गरेका थिए ।

एशोसियसनका पूर्व उपाध्यक्षसाहिद जहाँगिरले अनाथालयलाई पाँच हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

 

 

प्रकाशित मितिः     १४ फाल्गुन २०७५, मंगलवार १५:५२  |
error: Content is protected !!