होटल सेन्ट्रल प्लाजा बन्यो पाँचचारे


नेपालगन्ज :  कोहलपुरमा सन्चालित होटल सेन्ट्रल प्लाजा पाँचतारे होटल बन्न सफल भएको छ । पर्यटन बिभागले स्तर बर्गीकरण गर्दै पाँचचारे होटलको प्रमाणपत्र प्रदान गरेको प्रबन्ध निर्देशक देव अ¥यालले जानकारी दिए ।

‘अनवरत सेवामा सर्मपित होटल सेन्ट्रल प्लाजाले आफ्नो सन्चालनको छोटो अवधिमै पाँचतारेको मान्यता पाउन सफल भएकोमा म लगायत सम्पूर्णमा यो खुसी बाड्न चाहान्छु । ’ पाँचतारे होटलको प्रमाणपत्र पाएपछि अर्यालले खुःसी बाड्दै भने,–‘धेरै धेरै बधाई तथा धन्यबाद ती सबै पौरखी हात अनि मनहरुमा ।’ नेपालगन्जमा यसअघि सोल्टी होटलले पाँच तारे प्रमाणपत्र पाईसकेको छ । पाँच तारे होटल बन्ने सोल्टी पहिलो र सेन्ट्रल प्लाजा दोस्रो बनेको छ । सोल्टी काठमाण्डौंको चेन होटल हो । तर सेन्ट्रल प्लाजा भने सामान्य अवस्थाबाट होटल शुरु गरेका देव अर्यालको हो ।

सामान्य मानिसले हिम्मत र सहास देखाए जे पनि गर्न सकिन्छ भन्ने उदाहरण देवले देखाएका छन् । सामान्य नागरिकले सुरु गरेको होटल पाँचतारे बन्न सफल भएको छ ।


४० वर्षको उमेरमा आफ्नै मिहेनत र बलबुताबाट उनी अहिले पाँच तारे होटलको मालिक बनेका छन् । लामो समयदेखि वैदेशिक रोजगारीको यात्रापछि स्वदेश फर्किएका उनले बाँकेको कोहलपुरमा होटल सन्चालन गरेका थिए । बर्दियामा समेत रिर्सोट सन्चालन गर्दै छन् । अहिले निर्माणको काम भइरहेको छ ।

प्रकाशित मितिः     १४ फाल्गुन २०७५, मंगलवार १७:५०  |
error: Content is protected !!