भ्यू टावर सहित गाभरमा खुल्यो सुविधा सम्पन्न कटेज


बाँके :  बाँके राष्ट्रिय निकुञ्जका कारण बढ्न सक्ने पर्यटकिय गतिबिधिलाई लक्षित गर्दै बैजनाथ गाउँपालिका–१ गाभरमा डेनियल कटेज एण्ड रेष्टुरेण्ट सन्चालनमा ल्याईएको छ । बुधवार सोही क्षेत्रका प्रदेश सांसद आईपी खरेलले कटेजको उद्घाटन गर्दै गाभरक्षेत्र जिल्लाकै प्रमुख पर्यटकिय गन्त्व्य बन्दै गएको बताए ।

रु ५० लाख भन्दा बढि लगानीमा खुलेको डेनियनल कटेजका सन्चालक गगन थारु हुन । बैजनाथ बानियाभर निवासी गगनले पन्चवर्षिय योजना बनाएर काम गरेको बताए । उनले भने,–‘कटेजबाट काम शुरु गरेको छु । सबै राम्रो भयो भने यही सुविधा सम्पन्न होटल खोल्ने योजना छ ।’ बाँके राष्ट्रिय निकुन्जका कारण स्वदेशी तथा बिदेश िपर्यटक बढ्न सक्ने देखेपछि गगनले होटल क्षेत्रमा लगानी गरेका हुन् ।

आफ्नो योजना अनुसार काम हुँदै गएको लगानी थपिदै जाने उनको भनाई छ । अहिले उक्त कटेजमा सुविधा सम्पन्न एसी रुम, सय जना अट्ने सभाहल, रेष्टुरेण्ट लगायत सुविधा छ । त्यहाँ खानाका बिभिन्न परिकार पाईन्छ भने सबैभन्दा महत्वपुर्ण कुरा भ्यु टावर रहेको छ । अग्लो स्थानमा बनेको रेष्टुरण्ट त्यसमा झन् भ्यु टावरबाट गाभर उपत्यका पुरै हेर्न मिल्छ । बुधवार रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा प्रदेश सांसद खरेल सहित नेकपाका नेता घननाथ खनाल, राजमोहन चौधरी, चन्द्र चौधरी, पुजन बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७५, बिहीबार १०:३३  |