राष्ट्रिय शोकका बेला महोत्सवको प्रचारमा बजेन गीत


नेपालगन्ज :  प्रादेशिक महोत्सव २०७५ नेपालगन्ज, बाँकेको प्रचार प्रसारका क्रममा बिहिवार कुनै पनि गीत बजेनन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सात जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले राष्टिय शोक घोषणा गरेकाले बिहिवार प्रचार प्रसारमा कुनै पनि गीत नबजाईएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।

पर्यटनमन्त्री लगायत सात जनाको निधनले संघलाई स्तब्ध बनाएको उनले बताए । उनले शोकको बेला प्रचार प्रसारमा गीत प्रयोग नगरिएको उल्लेख गरे । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फाल्गुण १६ देखि २६ गतेसम्म प्रादेशिक महोत्सव २०७५ आयोजना गर्ने तयारी थियो । तर लगातार पानी परेपछि अब महोत्सव फाल्गुण १९ गतेदेखि २९ गतेसम्मका सारिएको प्रचार प्रसार समितिका संयोजक टंकबहादुर धामीले जानकारी दिए ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७५, बिहीबार १६:१५  |