फेसबुक वार्ता : साझा चौतारी बनेको छ


क्यान महासंघका अध्यक्ष सुदिप शर्माका लागि सामाजिक सन्जालको प्रयोग नौलो हुने कुरै भएन । सूचना प्रविधिको अभियानता शर्माले लामो समयदेखि सामाजिक सन्जालको प्रयोग गर्दै आएका छन् । फेसबुक सबैभन्दा धेरै प्रयोग गर्छन् । त्यस बाहेक ह्वाट्सऐप, भाईबर पनि उत्तिकै मात्रामा प्रयोग गर्ने गरेको शर्मा बताउँछन् । उनी भन्छन्,–‘तर फेसबुक भनेको फेसबुक नै हो । सरल, सहज अझ भन्दा सामाजिक सन्जालको पर्यावाची भनेकै फेसबुक बनेको छ ।’
शर्मा फेसबुकलाई साझा चौतारी भन्न रुचाउँछन् । ‘अन्त नभेटिने चौतारीमा भेटिन्छन् । फेसबुक पनि त्यस्तै हो ।’ शर्माले भने,–‘यसको उपयोगिता धेरै छ ।’ हरेक क्षेत्रमा सकारात्मक र नकारात्मक पाटाहरु हुन्छन् । त्यसलाई कसरी उपयोग गर्ने हो ? त्यो व्यक्तिमा निर्भर हुने शर्माको बुझाई छ । उनी भन्छन्,–‘ म त सकारात्मक कुरा मात्र ग्रहण गर्छु । त्यसकारण फेसबुकको नकारात्मक पाटामा ध्यानै जान्न् ।’
शर्माले फेसबुकका माध्यमबाट धेरै ज्ञानगुणका कुरा सिक्न सकिने बताउँछन् । ‘हरेक तह तप्काका मान्छेहरुले आआफ्ना बिचारहरु अभिव्यक्त गर्नुहुन्छ । ती कहिल्यै नपाईने ज्ञानका कुरा हुन । धेरै कुरा सिक्ने अवसर मिल्छ’– शर्माले भने ।


प्रकाशित मितिः     १८ फाल्गुन २०७५, शनिबार १३:०४  |
error: Content is protected !!