- कमल डाँगी
नेपालगन्ज : नेपालगञ्जको कारकादोस्थित किचन हट होटललाई स्तरोन्नति गरी चारतारे बनाइने भएको छ । आठ वर्षअघि शुरु भएको किचन हटमा नयाँ व्यवस्थापन समूह आएसंगै स्तरोन्नतिको काम भइरहेको छ । अवको तीन महिना भित्र किचन होटल नयाँ स्वरुपमा सेवाग्राही माझ आउँदैछ ।
रु ४० करोड लगानी थप्दै होटललाई सुविधा सम्पन्न बनाउने गरी दुई वर्षदेखि काम अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक बिनोद मैनालीले जानकारी दिए । उनले भने,–‘अवको ती महिनाभित्र होटल किचन हट हाम्रा सेवाग्राहीका लागि बिशेष बन्दै छ ।’ नयाँ सुविधा थपिएसंगै किचन हटले चारतारे प्रमाणपत्र समेत पाउँदैछ । होटलको स्तरोन्नतिसंगै पर्यटन बिभागसंग चारतारेको अनुमति लिने प्रक्रिया चालिसकेको प्रबन्ध निर्देशक मैनालीले नेपालगन्ज बिजनेशलाई जानकारी दिए । होटलले अहिले स्पा, स्वीमिङ्ग पुल, फिटनेश सेन्टर, क्यासिनो, थप लिफ्को काम अन्तिम चरणमा पु¥याएको छ ।
होटलमा थप रेष्टुरेण्ट, क्याफे सन्चालन हुने छ । स्थानीय प्रोडक्ट बिक्री गर्नका लागि अलग्गै व्यवस्थापन गरिने छ । होटलभित्र ट्राभल डेक्स सन्चालन गरेर पर्यटनक्षेत्रको मार्केटिङ्ग गर्ने र पर्यटकहरुलाई सहज सुविधा दिने तयारी भइरहेको छ । प्रबन्ध निर्देशक मैनालीले भने,–‘टुर प्याकेज जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउँछौ ।’ बाँके जिल्लामा होटल क्षेत्रमा लगानीसंगै प्रतिस्पर्धा पनि बढेको छ । त्यसलाई मध्यनजर गर्दै होटल क्षेत्रमा सुविधा थपिदै छन् ।
लगानी थपेसंगै होटल किचन हटमा सय जना बढिले रोजगारीको अवसर पाउने छन् । अहिले ८० जनाले रोजगारी पाइरहेका छन् । पूर्णरुपमा सन्चालनमा आए त्यो संख्या सय पुग्ने छ । नेपालगञ्जमा गर्मी बढी हुने भएकाले स्वीमिङ पूल अनिवार्य रहेको छ । मैनालीले भने, ‘सेवाग्राहीको रोजाइ भनेको कोठा, सेवासुविधा, खानाको परिकार र स्वाद हो ।’ यस्ता सबै कुरालाई ध्यानमा राखेर होटललाई अघि बढाइने उनको भनाइ छ ।