बाँकेका तारे होटलले निर्धारण गरे शुल्क


  • कमल डाँगी

नेपालगन्ज :  अस्वस्थ्य प्रतिस्पर्धालाई अन्त्य गर्दै बाँकेका तारे र विजनेश तहका होटलले शुल्कमा एकरुपता कायम गरेका
छन् । होटलको बर्गीकरणको आधारमा कायम गरिएको नयाँ शुल्क मार्च १ अर्थात शुक्रबारबाट लागु गरिएकोे छ । अस्वस्थ्य प्रतिस्पर्धाका कारण व्यवसाय धरासायी बन्ने अवस्था सिर्जना भएपछि यहाँका तारे र विजनेश तहका होटलहरु एक भएर व्यवसायीक हितका पक्षमा ‘बोल्ड’ निर्णय गरेका हुन । बाँकेका होटलमा वर्षेनी लगानी गर्ने क्रम बढेपनि अस्वस्थ्य प्रतिस्पर्धा र कमजोर मार्केटिङ्गका कारण अपेक्षा गरे अनुसार फस्टाउन नसकिरहेका बेला होटल व्यवसायीहरु जागरुक बन्न थालेका छन् ।

बिजनेश तहदेखि पाँचतारे गरी १३ वटा होटलले फाल्गुण १३ गते होटल सिग्नेटमा बृहद छलफल गरे पछि होटलको बर्गिकरण सहित शुल्कमा एकरुपता गर्ने निर्णय गरेको किचन हट होटलका प्रवन्ध निर्देशक बिनौद मैनालीले जानकारी दिए । सुविधा सम्पन्न सेवा दिने तर सेवाग्राहीबाट अति नै कम शुल्क लिने गर्नाले व्यवसायी धरासायी बन्ने अवस्था सिर्जना भएपछि शुल्कमा एकरुपले ल्याएको उनले बताए । मैनालीले भने,–‘ नेपालगन्जका होटलले राम्रो सुविधा दिएको तर शुल्क कम लिने गरेको कुरा स्वंय सेवाग्राहीले नै महसुस गर्नुभएको छ ।’

सेन्ट्रल प्लाजाका प्रबन्धक निर्देशक देव अ¥यालले नयाँ निर्णय कार्यान्वयनले यहाँको होटललाई धरासायी हुनेबाट जोगिने अपेक्षा गरिएको बताए । यहाँका होटलले नयाँ कायम गरेको शुल्क देशका अन्य होटल भन्दा अझै कम भएको व्यवसायीहरुको तर्क छ । अर्यालले भने,‘यही सुविधा दिने अन्यत्रका होटलले अति नै धेरै शुल्क लिने गरेका छन् ।’ उक्त निर्णय लागु भएको होटल के कम्पलेक्सका प्रबन्धक डिबी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मितिः     १८ फाल्गुन २०७५, शनिबार ०६:११  |