नारी दिवशमा नेपालगन्जको यो होटलले महिला ग्राहकलाई खानामा २५ प्रतिशत छुट दिने


होटल खानासंगै नयाँ प्रकारको बियर दुईवटा खरिद गर्दा एक फ्रीमा पाउने अफर सार्वजनिक गरेको हो । उक्त अफर कस्का लागि हो भन्ने चाही होटलले खुलाएको छैन ।


नेपालगन्ज : अन्र्तराष्ट्रिय नारी दिवशको अवसरमा नारी अधिकारको वकलत गर्दै बिभिन्न कार्यक्रम भइरहेको बेला नेपालगन्जको एउटा होटलले बिशेष अफर सार्वजनिक गरेको छ । चारतारे होटल सिग्नेट ईनले नारी दिवशको अवसरमा आउने महिला ग्राहकलाई २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
उक्त दिने आउने जोकोही महिला सेवाग्राहीलाई खानामा उक्त छुट दिने सिग्नेट ईनले सार्वजनिक गरेको हो । होटल खानासंगै नयाँ प्रकारको बियर दुईवटा खरिद गर्दा एक फ्रीमा पाउने अफर सार्वजनिक गरेको हो । उक्त अफर कस्का लागि हो भन्ने चाही होटलले खुलाएको छैन ।होटलले आफ्ना् फेसबुक पेजमा सार्वजनिक गरेको ८ मार्चको अफरको पोष्टरमा बियर सम्बन्धी अफर समेत उल्लेख गरेको छ ।
अन्र्तराष्ट्रिय जगतमा ८ मार्चलाई नारी अधिकारका सवालमा बिशेषरुपले हेरिन्छ ।  सन् १८५७ को मार्च ८ मा अमेरिकाको न्यूयोर्कमा पुरुष सरह समान ज्यालादर र कार्यस्थलमा काम गर्ने उन्नत वातावरणको माग गर्दै तयारी पोशाक उद्योगका श्रमिक महिलाहरूले आफ्ना अधिकार राज्यद्वारा सम्बोधन गराउन प्रदर्शन गरे । आफ्ना अधिकारप्रति सचेत महिलाहरूले ५१ वर्षपछि सन् १९०८ मार्च ८ मा सन् १८५७ को आन्दोलनप्रति समर्थन गर्दै न्यूयोर्कमा पुनः श्रमिक महिलाद्वारा प्रदर्शन भयो । महिला श्रमिकमाथिको विभेदविरुद्ध छेडिएको सो आन्दोलनमाथि फेरि प्रहरीले व्यापक दमन ग¥यो ।
अमेरिकामा श्रमिकहरूको सङ्घर्षको इतिहास लामो र उत्साहजनक छ तर महिलाको सहयोग र सर्मथमनमा भएका ती सङ्घर्ष महिलाका लागि खासै परिणाममुखी रहेनन् । महिलाका आवश्यकतालाई खासै महŒव नदिएका कारण महिला श्रमिक विभेदमा रहिरहे । क्रान्तिको बीजारोपण भइसकेको थियो । आन्दोलन र वकालती पहलहरूको शृङ्खलाले निरन्तरता लियो । समान ज्याला र काम गर्ने समयमा विवेकशीलता अपनाउन माग गरिएको आन्दोलन अन्ततः सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस बन्नपुग्यो । तत्कालीन जर्मनका साम्यवादी सिद्धान्तका हस्ती क्लारा जेट्लीनले ८ मार्चलाई विश्व नारी दिवसका रूपमा मनाउन समस्त विश्वलाई आग्रह गरेकी थिइन । महिला अधिकारलाई संस्थागत गर्न तत्कालीन कट्टर साम्यवादी नेतृत्व लेनीनसँग बहस गर्ने जुझारु जेट्लीको समयमा समस्त युरोपका सरकारलाई चुनौती दिने नेतृका रूपमा चर्चित रहिन् । परिणाम अहिले विश्वमा ८ मार्चलाई नारी दिवसका रूपमा मात्र नभई समस्त मानव अधिकारको वकालती कदमका रूपमा विश्वले सम्मान गरेको छ ।
सं

प्रकाशित मितिः     २२ फाल्गुन २०७५, बुधबार १४:५७  |