
नेपालगन्ज : स्रोत नखुलेको ३५ लाख ४४ हजार रकम सहित प्रहरीले नेपालगन्ज टांगा स्टेशनबाट बुधवार सांझतिर दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले ३५ वर्षिय रविश पाठक , १२ वर्षिय छोटु तिवारीलाई पक्राउ गरेको हो ।
उनीहरुले शरिरको बिभिन्न भागबाट लुकाएर उक्त रकम ल्याएका थिए । सीमावर्ती बजार रुपैडियाबाट जमुनाह नाका हुँदै दुई जना मोटरसाईकलमा नेपाल पसेका थिए । उनीहरुलाई पछ्याउँदै आएको प्रहरी टोलीले टांगा स्टेशनबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बालक सहित पक्राउ परेकाले त्यति ठुलो रकम उनीहरुकै हो वा अन्य कुनै पहुँचवाला व्यक्तिले रकम नेपाल ल्याउन पठाएको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
