कसरी सम्भव छ‘समृद्ध नेपाल, सुखी नेपाली’ ? राष्ट्र बैंकका कार्यकारी निर्देशकको ५ आधार हेर्नुहोस्


  • बैंकिङ खबरबाट

सरकारले २५ बर्षमा साढे १२ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना सरकारले तयार गरेको हो । अहिले मुलुकको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर छ । मुलुक समृद्ध बन्नका लागि वित्तीय क्षेत्र सवल बन्नुपर्नेमा दुईमत छैन । तर सरकारले लिएको लक्ष्य अनुसारको प्रगति विवरण प्राप्त होला भन्नेमा शंका छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले समृद्धिका लागी ५ आधारहरु रहेको बताएका छन् । निर्देशक थापाले सार्वजनिक रुपमा प्रस्तुत गर्ने समृद्धिका आधारहरुलाई हामीले यसरी प्रस्तुत गरेका छौं ।

समृद्धिको पहिलो आधार : वित्तीय परिचालन
अहिले राष्ट्रिय अर्थतन्त्रको आकार (जीडीपी) लाई वित्तीय क्षत्रको आकारले उछिनेको छ । त्यसैले समृद्धिको पहिलो आधार भनेको दिगो आर्थिक विकासका लक्ष्यहरु नै हुन । संयुक्त राष्ट्र संघले निमार्ण गरेको दिगो विकासका लक्ष्यहरुलाई नेपालले अबलम्बन गरेको छ । जुन १७ वटा छन् । गरीबीको अन्त्य, भोकमरीको अन्त्य, स्वास्थ्यमा पहुँच, शैक्षिक गुणस्तर, समावेशी विकास लगायतका उद्देश्य प्राप्त गरेपछि मात्रै नेपाल सन २०३० मा मध्यम आय भएको मुलुकमा रुपान्तरित हुन्छ । तर त्यो लक्ष्य प्राप्त गर्नका लागि ठूलो परिमाणमा लगानी गर्न आबश्यक छ । राष्ट्रिय योजना आयोगको प्रतिबेदन अनुसार बार्षिक रुपमा २० अर्ब अमेरिकी डलर लगानी गर्नुपर्छ । यो अहिले नेपालको आन्तरीक स्रोतले पुग्ने अबस्थामा छैन् । त्यसैले राष्ट्रिय बचत अनुपात, जीडीपी लगायतका केही सूचकहरुलाई कम्तिमा पनि ५० प्रतिशतले बृद्धि गर्नुपर्ने र बाह्य बचतलाई प्रयोग गर्नुपर्ने देखिन्छ ।

समृद्धिको दोस्रो आधार : प्रत्यक्ष बैदेशिक लगानी
अब महिना दिनभित्रै लगानी सम्मेलन हुँदैछ । त्यो लगानी सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण बन्नुपर्छ । हामी स्वदेशी लगानी पनि गर्न नसक्ने र विदेशी लगानी गर्नको लागी प्रेरित पनि गर्न नसक्ने हो भने लिएका लक्ष्यहरु प्राप्त गर्न सकिँदैन । नेपालमा अहिले रेमिट्यान्स पहिलो, फरेन एड दोस्रो र प्रत्यक्ष बैदेशिक लगानी तेस्रो स्थानमा छन् । तर यसलाई परिर्वतन गरेर प्रत्यक्ष बैदेशिक लगानी पहिलो, रेमिट्यान्स दोस्रो र फरेन एडलाई तेस्रो स्थानमा पु-याउने गरी वित्तीय परिचालन गर्नुपर्ने हुन्छ । स्वदेशी लगानीले मात्रै समृद्ध नेपालको परिकल्पना असम्भव देखिएकाले समृद्धिको दोस्रो आधारका रुपमा प्रत्यक्ष बैदेशिक लगानीको परिमाणलाई बढाउन राष्ट्रले ध्यान दिनुपर्छ ।


समृद्धिको तेस्रो आधार : संस्थागत सुधार
विश्व बैंक र ट्रान्सपरेन्सी ईन्टरनेशनल लगायतका संस्थाहरुले केहि सुचक तयार गर्छन । ती संस्थाहरुले सार्वजनिक गरेका तथ्याङकमा नेपालको -याङ्किङ्ग दयनिय अबस्थामा छ, यसलाई सुधार गर्नुपर्ने देखिन्छ । भ्रष्ट्रचार नियन्त्रण लगायतका अभियानलाई मजबुत रुपमा अगाडी नबढाउने हो र अहिलेको नेपालको अबस्था सुधार्न तर्फ ध्यान नदिने हो भने समृद्ध राष्ट्रको सपना सपनामा मात्रै सिमित रहनेमा दुईमत छैन । त्यसैले सुशासनको सुधार नै समृद्धिको आधार बन्न सक्दछ ।

समृद्धिको चौथो आधार : विद्युतमा पहुँच
राष्ट्रिय योजना आयोगले एक बर्ष आगाडी गरेका अध्ययन अनुसार ६० प्रतिशत नेपाली जनताको मात्र राष्ट्रिय प्रशारण लाईनमा पहुँच पुगेको छ । १० प्रतिशत जनतालाई लघुजलविद्युत आयोजनाहरुले उज्यालोको यात्रा गराईरहेका छन् । बाँकी ३० प्रतिशत जनता अझै अन्धकारमा रहेका छन् । जबसम्म शत प्रतिशत जनतामा राष्ट्रिय प्रशारण लाईनको पहुँच पुग्दैन तवसम्म मुलुकले समृद्धि प्राप्त गर्न सक्दैन । नेपालले ८३ हजार मेघावाट विद्युत उत्पादन गर्न सम्ने क्षमता राख्दछ । त्यसैले जलविद्युतमा लगानी, उत्पादन र विस्तार गर्नु पर्छ । अहिले मुलुकमा देखिएको १४ सय अर्ब बराबरको व्यापार घाटालाई पूर्ति गर्न समेत विद्युत उत्पादन बृद्धिले पूरा गर्न सक्दछ ।

समृद्धिको पाँचौ आधार : प्रविधिमा क्रान्ती
सुन्दै आएको कृषि क्रान्ती विना उपलब्धी गयो, औद्योगीक क्रान्ती इतिहास बन्यो, वित्तीय क्रान्ती पनि हामीले भोगी सक्यौं, अहिले भईरहेको अथवा हामीले भोगिरहेको क्रान्ती भनेको वित्तीय क्षेत्रको प्रविधि क्रान्ती हो । यसले गर्दा वित्तीय पहुँचमा पनि विस्तार गर्न सकिन्छ । छिमेकी मुलुक भारतले वित्तीय पहुँचको अनुपात ६ बर्षको अवधिमा ३५ बाट ८० प्रतिशत पु¥याएको छ । यसलाई दरिलो उदाहरणका रुपमा लिन सकिन्छ । हामीले पाठ सिक्न पर्ने पनि देखिन्छ । त्यसैले प्रविधिको त्रान्ती समृद्धिको आधार बन्नेमा मलाई विस्वास छ ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७५, बिहीबार १७:१३  |
error: Content is protected !!