बाँके जिल्लामा होटल क्षेत्रमा उत्साहजनक लगानी भइरहेको छ । पाँच तारे होटलको संख्या नै दुई पुगेको छ । चार तारे होटल दुई, तीन तारे पाँच र सुविधा सम्पन्न होटलकै संख्या तीन पुग्दा साना होटलको संख्या संयौको हाराहारीमा छ । सबैभन्दा बढि लगानी भएको क्षेत्रको सूचिमा होटल पहिलो नम्बरमा आउँछ, बाँकेमा । लगानीकर्ताले यस क्षेत्रमा अर्बौको लगानी लगाएका छन् । तर लगानीकर्ता सामू उचित प्रतिफल पाउने त कुरै छाडौं उल्टै लगानी नै डुब्ने होकी भन्ने चुनौती देखिएका छन् ।
यही चुनौतीबाट पार पाउन जिल्लाका तारे होटलका लगानीकर्ता एक ठाउँमा उभिए । व्यवयायीक हितका लागि मिलेर काम गर्ने आन्तरिक सहमति गरेका छन् । होटलको बर्गीकरण अनुसार शुल्क तोकेका छन् । आगामी दिनमा योजनाबद्ध तरिकाले काम गर्ने सीमारेखा बनाएका छन् । यसरी होटलका ठुला लगानीकर्तालाई एउटै टेबुलमा ल्याएर व्यवसायीकहितको पक्षमा निर्णय गराउन केशव न्यौपानेको नेतृत्वदायी भुमिका छ । न्यौपाने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको पश्चिम क्षेत्रका प्रमुख हुन । सिद्धार्थ ग्रुप अन्र्तगत सिद्धार्थ ग्रुप अन्र्तगत नेपालगन्जमा सिद्धार्थ होटल, सिद्धार्थ कटेज, सुर्खेतमा सिद्धार्थ सनी रिर्सोट र कैलालीको चिसापानीमा रिर्सोट र टिकापुरमा होटल गरी पाँचवटा होटल तथा रेष्टुरेण्ट सन्चालनको जिम्मेवारी हेरिरहेका न्यौपाने नयाँ सोंच भएका प्रबन्धक हुन । हस्पिटालिटीका क्षेत्रमा २० वर्षे लामो इतिहास बनाएको सिद्धार्थ ग्रुपका यि ३१ वर्षे प्रवन्धकले बिजनेश म्यानेजमेन्टमा मास्र्टस् गरेका छन् । न्यौपानेसंग बाँकेको होटल व्यवसाय र त्यसलाई दिर्घकालिनरुपमा फाईदा हुने अपेक्षा गरिएको पछिल्ला निर्णयका बिषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत छ :
- भर्खरै मात्र बाँकेमा सन्चालित तारेस्तरका होटलका सन्चालकहरु एउटै टेबुलमा बसेर बिभिन्न निर्णय गर्नुभएको छ । के कारणले गर्दा ती निर्णय गर्नुपरेको हो ?
बाँके जिल्लामा होटल क्षेत्रमा धेरै ठुलो लगानी थपिएको छ । एकप्रकारले यो क्षेत्रमा लगानी गर्ने उत्साह छ भन्ने कुरा तपाई हामी सबैले महसुस गरेकै हो । प्रत्येक वर्ष जस्तो एउटा न एउटा ठुलो लगानीको होटल खुल्न थालेको छ । बाहिरबाट झट् हेर्दा वाहा ! भनिएपनि भित्र भने होटलका आफ्नै दुःखहरु छन् । चुनौतीका पहाड नै छन हामी माझ । यि दुःख र चुनौतीका बीच हामीहरु एउटा टेबुलमा बसेर नयाँ सोंच र उत्साहका साथ केही निर्णयहरु गरेका हौं ।
समय परिवर्तनशिल छ । आर्थिक हिसावले हरेक क्षेत्रमा मूल्यबृद्धि छ । हिजो एउटा मूल्यमा पाइने कुनै सामाग्री आज दोब्बर, तेब्बर भएको छ । तर यही बीचमा होटलको मूल्य भने बढाउने भन्दा उल्टै घट्ने अवस्थामा आयो । अरुको ‘कस्टिङ्ग’ बढ्दै जाने तर होटलको ‘रेट’ घट्दै जादा त जति बिजनेश गर्दा पनि नाफा भने कहिल्यै देख्न नपाईने अवस्थ सिर्जना भयो । होटलमा पाहुना खचाखच भरिए पनि नाफा कहिल्यै नहुने । यति ठुलो लगानी गरेको लगानीकर्ताले हातमा पैसा राख्नै पाएनन् । त्यो अवस्था देखेपछि हामी एउटा टेबुलमा बस्ने परिस्थिती बन्यो । व्यवसायीक हितका लागि एकढिक्का हौं न भन्ने कुरा धेरै पहिलेबाट चलाएका थियौं । तर सबै साथीहरु व्यस्त भएका कारण एक ठाउँमा आउँन ढिलाई भएको थियो । पछिल्लो समय सबैले यस्तै तरिकाले जान दिने हो भने होटल डुब्छ भन्ने महसुस गरेपछि यि निर्णयहरु गर्ने अवस्थामा आईपुगेका हौं ।
- यहाँहरुले नयाँ आन्तरिक निर्णयहरु मार्च १ बाट कार्यान्वयन गर्नुभएको छ । सेवाग्राही तथा सरोकारवाला पक्षबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
जति पनि हामीसंग सम्बन्धीत ‘कस्टमर’ वा बिजनेश दिने शुभचिन्तकहरु हुनुहुन्छ, उहाँहरुबाट राम्रै ‘रेस्पोन्स’ पाएका छौं । हामी एक ठाउँमा उभिएकोमा खुसी नै हुनुहुन्छ । धेरै ठाउँमा मिलौ भन्ने हुन्छ तर पनि त्यसैभित्रबाट एकले अर्कोलाई ‘अण्डर कटिङ्ग’ गर्ने प्रवृती देखिन्छ तपाईहरुकोमा यस्तो नहोस् भन्ने सुझाव सहितको शुभकामना पनि दिनुभएको छ ।
- यसको अर्थ अझै पनि अस्वस्थ्य प्रतिस्पर्धा हुने सम्भावना छ ?
म आशंका गर्न चाहान्न । हामी भर्खर नयाँ जोश र जांगरका साथ सबै एकढिक्का भएर काम गरिरहेका छौं । सबै साथीहरु ईमानदार हुनुहुन्छ । तर पनि एकले अर्कोलाई पछार्न खोज्नु त हाम्रो समाजको रोग नै हो । यो रोग हामीलाई नलागोस् भन्ने कुरामा निकै सचेत छौं । एकअर्काप्रति मैत्रीभाव राख्ने, हरेक गतिबिधि पारदर्शी बनाउने काम गरिरहेका छौं । निरन्तर छलफल र बैठकहरु आयोजना गरिएको छ । जस्तो सुकै समस्या पनि बैठककै माध्यमबाट समाधान गर्ने प्रयास गरेका छौं । सम्भवत हामी कहाँ अब अस्वस्थ्य प्रतिस्पर्धा गर्ने वातावरणको अन्त्य हुन्छ भन्ने कुरामा म पूर्णरुपमा बिश्वास छ ।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने होटल डुब्दा होटलका लगानीकर्ता मात्र डुब्ने होइन । त्यसले एउटा भैंसी पालेर दुःध उत्पादन गर्ने कृषकदेखि सानो करेसाबारीमा तरकारी उत्पादन गर्नेसम्मलाई प्रभावित गर्छ । रोजगारक्षेत्रलाई त कति हो कति समस्यामा पार्छ । हामी कहाँ दुध पनि स्थानीय नै प्रयोग हुन्छ । तरकारी पनि स्थानीय नै । होटल क्षेत्रमै यि सबै खपत भइरहेको छ । भोली होटल क्षेत्र डुब्ने अवस्था आयो भने पक्कै पनि लगानीकर्तालाई पहिलो असर त पर्छ नै तर त्यसको प्रत्यक्ष, अप्रत्यक्ष असर जिल्लाभर पर्छ ।
- यदि फेरी अस्वस्थ्य प्रतिस्पर्धा भयो भने त होटलको अवस्था पुरानै अवस्थामा फर्किनुपर्ने होला नी ?
पक्कै हो । जुन कुराबाट पार पाउन हामीले नयाँ सहमति गरेका छौं । एक ढिक्का भएका छौं । त्यसबाट दायाँबायाँ गर्ने हो भने त सबैले दुःख पाउँछौं । यहाँ बुझ्नुपर्ने कुरा के हो भने होटल डुब्दा होटलका लगानीकर्ता मात्र डुब्ने होइन । त्यसले एउटा भैंसी पालेर दुःध उत्पादन गर्ने कृषकदेखि सानो करेसाबारीमा तरकारी उत्पादन गर्नेसम्मलाई प्रभावित गर्छ । रोजगारक्षेत्रलाई त कति हो कति समस्यामा पार्छ । हामी कहाँ दुध पनि स्थानीय नै प्रयोग हुन्छ । तरकारी पनि स्थानीय नै । होटल क्षेत्रमै यि सबै खपत भइरहेको छ । भोली होटल क्षेत्र डुब्ने अवस्था आयो भने पक्कै पनि लगानीकर्तालाई पहिलो असर त पर्छ नै तर त्यसको प्रत्यक्ष, अप्रत्यक्ष असर जिल्लाभर पर्छ ।
बाँके जिल्लामा जति पनि उद्योग छन् त्यसमा होटलको लगानी सबैभन्दा धेरै देख्छु म । यति होटल क्षेत्र धरासायी बन्ने अवस्था आयो भने समग्र जिल्लाकै आर्थिक गतिबिधि असर गर्छ । होटल भनेको एउटा यस्तो क्षेत्र हो जसले स्थानीय हरेक क्षेत्रलाई फाईदा पु¥याउँछ । होटल चल्नु भनेको खाद्यनको बिक्री हुनु हो । कृषि उत्पादन, लत्ताकपडाको बिक्री हुनु हो । स्थानीय नागरिकलाई रोजगारी दिने प्रमुख क्षेत्र नै होटल हो । यहाँका अधिकांस होटलमा स्थानीय कामदार नै हुनुहुन्छ । हाम्रै होटलको कुरा गर्नुहुन्छ भने ७० प्रतिशत कामदार स्थानीय नै हुनुहुन्छ । सय जनामा ३५ जना त स्थानीय महिला दिदी बहिनी नै हुनुहुन्छ । बाहिरबाट ल्याएर रोजगारी दिने कुरा होटलक्षेत्रमा सम्भवत हुँदैन । त्यसरी हेर्दा स्थानीयको आर्थिक अवस्था उकास्न होटलको भुमिका अत्यन्त महत्वपुर्ण रहेको छ ।
- यहाँहरुले एकप्रकारको सहमति गरिसक्नुभएको छ । यो सहमति कार्यान्वयन हुने बित्तिकै यहाँको होटल व्यवसाय फस्टाई हाल्ने होकी अझै केही गर्नुपर्ने छ ?
अहिले होटललाई धरासायी हुन जोगाउने उपायको मात्र खोजी गरेका हौं । यही कुराले मात्र यहाँको होटल व्यवसायलाई राम्रो भईहाल्छ भन्ने होइन । अहिलेसम्म बिजनेश ल्याए पनि टिक्ने अवस्था थिएन । किनकी सुविधा तारेको दिन्थ्यौ रेट अति नै कम लिने गरेका थियौं । तर सीमारेखा बनाईसकेका कारण अब बिजनेश ल्याउन सक्यौ भने नतिजा राम्रै आउँछ । जसरी हामी अहिले एकढिक्का भएर काम गरिरहेका छौं । त्यसैगरी अब बिजनेश खोज्न तर्फ लाग्छौ । त्यसका लागि यसक्षेत्रका पर्यटकीय ‘डिस्टिनेशन’ को खोजीका साथ साथै प्रर्वधन गर्दै लैजान्छौ । सामान्य उदाहरण भन्छु छिमेक भारतमै लखनउ, बहराईचसम्म पुगेर पर्यटकीय गन्त्व्य देखाएर बिजनेश ल्याउन सकिन्छ । जहाँ करोडौको जनसंख्या छ । उनीहरुलाई टुर प्याकेज बनाएर यहाँ तान्न सकिन्छ । रारा, स्वर्गद्धारी, बर्दियाकै पर्यटकीय क्षेत्रका लागि ‘टुर प्याकेज’ बनाउनुपर्छ । बर्दिया राष्ट्रिय निकुन्ज बिश्वकै सय गन्त्व्य सूचीमा परेको छ । यो हाम्रो लागी अत्यन्त खुसीको कुरा हो । यसलाई बिस्तार गर्न लाग्नुपर्छ ।
- नेपालगन्जलाई ‘ट्रान्जिट’ बनाएर आउने बिदेशी पर्यटक संख्या कस्तो पाउनुभएको छ ?
सन्तोष गर्ने अवस्था छैन । पश्चिम नेपालमा बिदेशी पर्यटक ठुलो मात्रामा आउन सकेका छैनन् । यसका पछाडी थुप्रै कारण छन् । पश्चिम नेपाल पर्यटकले ठुलै धनराशी खर्च गर्नुपर्छ । पर्यटकले पैसा खर्च गर्ने हो भन्नेमा दुई मत छैन । तर खर्च गर्ने नाममा सीमा नै पार त कसैले गर्दैन नी । जहाँ सस्तोमा घुम्न पाईन्छ त्यही घुम्ने हो जो पनि । त्यस्तो अवस्थामा काठमाण्डौं ओर्लिएको पर्यटक त्यही वरीपरी मात्र बस्छ । यहाँ आउँदैन । त्यसको मारमा पश्चिम परेको छ । काठमाण्डौंदेखि नेपालगन्जसम्म ‘ट्राभल फेयर’ धेरै महङ्गो छ । यति महङ्गो छ की ट्राभल एजेन्सीले चितवनको प्योकज बनाउँछ तर बर्दियाको नाम नै लिदैन । जहाँ सस्तो भयो त्यही लैजान्छ ।
- पश्चिम नेपाल पर्यटन क्षेत्रको प्राथमिकतामा नपर्नुको कारण के होला ?
मैले भने पनि यसको मुख्य कारण त ‘ट्राभल फेयर’ नै हो । हामी नेपालीले काठमाण्डौं नेपालगन्ज रुटमा रु ३५ सयमा प्लेनको टिकट पाउँछौ । तर त्यही टिकट बिदेशीलाई २३ हजारसम्म पर्छ । अनि यति ‘कस्ट’तिर्नुपरेपछि कसरी पर्यटक यहाँ आउँछन् ? नेपालमै टे«किङ्गका लागि सबैभन्दा भर्जिन क्षेत्र भनेको डोल्पा हो । तर त्यहाँ पुग्नका लागि एउटा बिदेशी पर्यटकले जान अत्याधिक पैसा तिर्नुपर्छ । काठमाण्डौंदेखि नेपालगन्ज, नेपालगन्जदेखि डोल्पासम्म रु ५० हजारकै हाराहारीमा प्लेन टिकट किन्नुपर्ने हुन्छ । बाँकी अन्य सरकारी राजश्व त छदै छ । एयरलाईन्स कम्पनीलाई हामी नेपाली जस्तै पर्यटकलाई पनि टिकट बिक्री गर भन्दैनौ । तर कम्तीमा ‘फुल फेयर’ मा टिकट पाउने व्यवस्था मिलाउनुपर्छ भन्दै आएका छौं । पश्चिम नेपालको पर्यटकियक्षेत्रको विकास गर्ने हो भने सरकारले सबैभन्दा पहिले हवाई भाडालाई सीमारेखा बनाईदिनुपर्छ । हामीले पनि होटल क्षेत्रमा सीमारेखा बनाएका छौं तर स्वदेश होस् चाहे बिदेशी ढाड सेक्नेगरी शुल्क त तोकेका छैनौ ।
- बाँके जिल्लामा जति पनि तारे होटलहरु खुलेका छन् उनीहरुले मानसरोवारलाई निकै महत्व दिएको पाईन्छ । यो मानसरोवार रुट बास्तवमा कत्तिको भरपर्दो छ ?
होटलका लागि यो राम्रै बिजनेश हो । मानसरोवरकै कारण यहाँ होटल खुलेका पनि छन् । तर बजारमा जति मानसरोवरको हल्ला छ त्यति फस्टाईहाल्ने भन्ने छैन । चार महिना चल्ने बिजनेशले पक्कै पनि होटललाई फाईदा त पु¥याउँछ नै तर त्यसले ‘सस्टेन’ गराउँदैन । नेपालगन्जमा त्यसै पनि बिजनेश कम भएका बेला आएको यो अवसरले भने धेरै ठुलो राहात दिएको छ । मानसरोवरका लागि नेपालगन्ज रुट भारतीयका लागि सबैभन्दा छोटो पर्छ । मौसमले साथ दियो भने तीन दिनमा यहाँबाट कैलाश दर्शन गरेर फर्किन सकिन्छ । यति छोटो रुट अहिलेसम्म अन्त छैन । यसको फाईदा सबैलाई भएको छ ।
अन्त जतिसुकै नाका खोलेपनि मानसरोवरका लागि नेपालगन्ज नै सबैभन्दा छोटो रुट पर्छ । सरकारले यही रुटलाई अझ सहज र सरल हुने गरी पूर्वाधार बनाउनुपर्छ । यसका लागि धेरै ठुलो काम गर्नु पनि पर्दैन । सिमिकोटदेखि हिल्सासम्मको बाटो बनाए मात्र पनि ठुलो राहात हुन्छ । अहिले यो रुट महङ्गो हुनुकै कारण नै सिमिकोटदेखि हिल्सासम्म हेलिकप्टर प्रयोग गर्नु हो । जब बाटो बनेर हेलिकप्टर प्रयोग गर्न छाडिन्छ त्यसपछि हरेक बर्गका तिर्थयात्री यही रुट भएर आउने निश्चित छ ।
- मानसरोवरका लागि नेपालगन्ज रुटलाई स्थायित्व दिन सरकारका तर्फबाट केही भएको महसुस गर्नुभएको छ ?
बिल्कुलै छैन । सरकारले त एक प्रतिशत पनि काम गरेको छैन भन्दा फरक पर्दैन । जे जति काम भएको छ त्यो नीजि क्षेत्रले नै गरेको हो । ् होटल व्यवसायी, ट्राभल एजेन्सीले नै गरेको पाईन्छ । अन्त जतिसुकै नाका खोलेपनि मानसरोवरका लागि नेपालगन्ज नै सबैभन्दा छोटो रुट पर्छ । सरकारले यही रुटलाई अझ सहज र सरल हुने गरी पूर्वाधार बनाउनुपर्छ । यसका लागि धेरै ठुलो काम गर्नु पनि पर्दैन । सिमिकोटदेखि हिल्सासम्मको बाटो बनाए मात्र पनि ठुलो राहात हुन्छ । अहिले यो रुट महङ्गो हुनुकै कारण नै सिमिकोटदेखि हिल्सासम्म हेलिकप्टर प्रयोग गर्नु हो । जब बाटो बनेर हेलिकप्टर प्रयोग गर्न छाडिन्छ त्यसपछि हरेक बर्गका तिर्थयात्री यही रुट भएर आउने निश्चित छ ।
- बाँकेमा होटल व्यवसायमा एकपछि अर्को लगानी थपिदै छ । यो यहाँको आवश्यकता अनुसार ठिकै भइरहेको हो ?
यहाँको क्षमता र आवश्यक भन्दा अलिकति बढि हो भन्ने धेरैले महसुस गरेकै छन् । कुनै ‘क्याल्कुलेशन’ बिना होटल खोल्ने चलन देखिन्छ । तर अहिले यो भनेर बस्ने कुरा भएन । समग्रमा होटल व्यवसायीलाई जोगाई राख्ने र जिल्लाको आर्थिक गतिबिधिलाई महत्वपुर्ण योगदान पु¥याउने काम होस् भन्नकै लागि हामी एक ठाउँमा उभिएका छौ ।
- अब फरक प्रशंग सहित अन्तिम प्रश्न, संघीयताले नेपालगन्जलाई पछि पारेको महसुस भइरहेको छ । होटल क्षेत्रलाई चाँही यसले छोएको छ की छैन ?
सबैभन्दा बढि असर हामीलाई परेको छ भन्छु म । जब यहाँका गैरसरकारी संस्थाका कार्यालयहरु अन्य ठाउँमा सर्न थाले मैले त त्यसबेला नै नेपालगन्जलाई बर्दियाको राजापुर,कोइलाबास बनाउन त खोजिदै छैन भनेको थियो । यस्तो अवस्थामा सबैभन्दा मारमा होटल व्यवसायलाई नै पर्छ । किन भने अरु उद्योगले यहाँ उत्पादन गरेको सामान अन्त बिक्री गर्न लैजाने हो तर हामीले त्यसो गर्न मिलेन । यही ठाउँमा व्यवसाय गर्ने हो । नेपालगन्जमा हुने हरेक गतिबिधिले हामीलाई प्रत्यक्षरुपमा प्रभावित गर्छ । जे जस्तोसुकै परिस्थिती बनेपनि हामी चुप रहेर बस्ने अवस्था छैन । नीजिक्षेत्र आफै पनि जुर्मुराउँनुपर्छ ।
प्रस्तुती :कमल डाँगी /नेपालगन्ज बिजनेश
https://nepalgunjbusiness.com/2019/03/4012/