आज बद्री पंगेनी, शिव परियारदेखि पहिलो पटक जादुगर सुरज मायावी आउँदै


नेपालगन्ज २९ फाल्गुण :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा मंगलबार  चर्चित गायक बद्री पंगेनी आउँदै छन् । पंगेनी सहित शिव परियार, सन्तोष दवाडी, जादुगर सुरज मायावी आउँने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए ।
फाल्गुण १९ गतेदेखि शुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवमा मनोरन्जनका साथै व्यवसायीक कारोवार समेत भइरहेको प्रचार प्रसार उपसमितिका संयोजक टंक धामीले जानकारी बताए । उनका अनुसार अटोमोवाईल, खाद्यन, लत्ताकपडा जस्ता सामाग्रीहरुको बिक्री बितरण भइरहेको छ ।


प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार ०६:५६  |
error: Content is protected !!