एमबिएस दोस्रो सेमेस्टरको प्रश्नमा यसरी समेटियो डल्ला होमस्टे


बाँके : त्रिभुवन बिश्वबिद्यालयले एबिएस दोश्रो सेमेस्टरको परिक्षामा बर्दियाको चर्चित होमस्टे गाउँ डल्लालाई समेटेको छ । हालै सम्पन्न उक्त परिक्षामा तीस पूर्णाङ्कको प्रश्न डल्ला होमस्टेका बिषयमै रहेको छ ।
डल्ला होमस्टेका बारेमा बिस्तृत उल्लेख गर्दै त्यसले जनस्तरमा पारेको सकारात्मक प्रभाव उल्लेख गरिएको छ । प्रश्नमै समस्याको उजार गरिएको छ भने डल्लालाई अझ राम्रो गराउन सडक सन्जालको बिस्तार, शिक्षा, स्वास्थ्य, बजार लगायतका पूर्वाधार बनाउनुपर्ने बिषयलाई समेटिएको छ ।


एमबिएसको परिक्षामा डल्ला होमस्टेलाई प्राथमिकता दिएर प्रश्न तयार गरेपछि त्रिभुवन बिश्वबिद्यालयलाई धन्यबाद दिईएको छ । बर्दियाको शिक्षा तथा पत्रकारिता क्षेत्रका अगुवा यज्ञ नेपालले उक्त प्रश्नले बर्दियाको पर्यटकिय क्षेत्रलाई उजागर गर्ने काम गरेको बताएका छन् । ‘यस्ता कुराले आन्तरिक पर्यटन प्रर्बधनमा सहयोगी सावित गर्छ’– नेपालले भने ।

 

प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार ०७:२०  |