कुपोषीत बालबालिकाको स्वास्थ्यमा सुधार देखेपछि कृषि मन्त्री र अमेरिकी राजदुत दङ्ग


बाँके :  बाँकेको खजुरा गाउँपालिका सोनपुरमा कुपोषीत अवस्थाका बालबालिकाको शारीरिक अवस्थामा सुधार आएको देखेपछि कृषि विकास मन्त्री चक्रप्रसाद खनाल र अमेरिकी राजदुत  रेण्डी बेरे दङ्ग परेका छन् । कुपोषीत बालबालिकाका लागि खजुरा गाउँपालिकाले युएसआईडीको सहयोगमा सन्चालन गरेको सुहारा कार्यक्रमको अनुगमन गर्न मंगलबार कृषि मन्त्री खनाल र अमेरिकी राजदुत सोनपुर पुगेका थिए ।
त्यहाँ पुगेका मन्त्री र राजदुतले बालबालिकाको स्वास्थ्य अवस्था निरिक्षण गरे । स्वास्थ्य अवस्थामा आएको सुधार देखेर सन्तुष्टि जनाएको खजुरा स्वास्थ्य शाखाकी उपप्रमुख लक्ष्मी केसीले जानकारी दिईन । उनले भने,‘मन्त्री र राजदुत ज्यूले ती बालबालिकाको तौलमा आएको फरक देखेर खुःसी हुनभयो । बालबालिकासंग भलाकुसारी पनि गर्नुभयो ।’


सोनपुरमा कुपोषीत बालबालिकालाई लक्षित गरी सुपोषित आहारा कार्यक्रम सन्चालन गरिएको थियो । उक्त आहारा सेवनले बालबालिकाको स्वास्थ्यमा सुधार आएको केसीले जानकारी दिईन । अहिले सोनपुरमा पाँच जना बालबालिकालाई त्यस्तो पोषन दिने काम भइरहेको छ भने पाँच जना बालबालिकालाई पूर्णरुपले सुपोषित अवस्थामा ल्याईएको छ ।


मन्त्री खनाल समक्षमा यस्ता कार्यक्रम सन्चालनका लागि आईपर्ने चुनौतीका बिषयमा कुरा राखेको केसीले बताएकी छन् । मन्त्री खनालले चुनौती समाधान गर्ने बिषयमा स्वास्थय मन्त्रीलाई जानकारी गराउने आश्वासन दिएका छन् । कार्यक्रममा वडा अध्यक्ष अतिउल्ला खाँ, सोनपुर स्वास्थ्य प्रमुख लक्ष्मण कंडेल लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार २०:२६  |